काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर परीक्षण भएको छ। शुक्रवार प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको पिरिआर परीक्षण भएको हो।

पिसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट मार्फत बताएका छन्।

थापाका अनुसार, बालुवाटारमा प्रधानमन्त्रीसंगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको छ।

पिसिआर परीक्षणको रिपोर्ट भने २४ घण्टाभित्र आउने छ।
प्रकाशन मिति–२०७८ साल बैशाख २४ गते शुक्रवार ।