काठमाडौ। बलिउडकी अत्यन्त हट अभिनेत्री प्रियंका चोपडा हलिउडमा अभिनय गरेयता उनका अनेक क्रियाकलाप चर्चाको विषय बन्ने गरेको छ।

यतिखेर अमेरिकाको न्यूयोक शहरमा उनलाई कुनै अपरिचितले गुल्जार सडकमा नै समातेर चुम्बन गरेको तस्बीर भाइरल बनेपछि त्यसरी प्रियंकालाई चुम्बन गर्ने त्यो भाग्यमानी को होला भनेर सवैमा खुल्दुली मचिएको छ। केही दिनको त्यो खुल्दुली हाल आएर साम्य भएको छ।

त्यसरी गुल्जार सडकमा प्रियंकालाई चुम्बन गर्ने कोही नभइकन हलिउड सिरियल क्वान्टीको सिरियल ३ को दृश्य भएको पुष्टि भएको छ। बास्तविक नभइकन फिल्मभित्रको दृश्य भएको र त्यसरी प्रियंकालाई चुम्बन गर्ने हलिउड अभिनेता एलन पावेल हुन्।

समाचार एजेन्सीहरुका अनुसार हलिउड सिरियल क्वान्टीकोको सिरियल ३ मा प्रियंका अझ बोल्ड बनेकी छन्।
प्रकाशन मिति–२०७४ साल माघ ६ गते शनिवार ।