काठमाडौं। नेपाली चलचित्रकी नायिका प्रिंयका कार्कीको ब्याचलर पार्टी बैंककमा भएको छ। विवाह पूर्व मिल्ने साथीहरुलाई वोलाएर रमाइलो स्थानमा गरिने ब्याचलर पार्टी नायिका कार्कीले थाइल्याण्डको बैंककमा दिएकी छन्।

जसमा नायिका कार्की तथा उनका साथीहरुले खुलेर मस्ती गरेका तस्वीरहरु नायिका कार्कीले सामाजिक सञ्जालवाट सार्वजनिक गरेकी छन्। बैंककको समुद्री किनारमा गरिएको ब्याचलर पार्टीमा नायिका कार्की निकै खुलेकी छन्। अनि निक्कै रमाएको देखिन्छ।

यस ब्याचलर पार्टीवाट अब भने प्रियकांको विवाह हुने कुरामा ढुक्क हुन सकिन्छ। प्रियकां र आयूष्मान देशराज श्रेष्ठको एकवर्ष अघि नै इन्गेज्मेन्ट भएपनि हालसम्म यी दुईको विवाह हुन सकेको छैन्।

अहिले प्रियंकाले बैककमा ब्याचलर पार्टी मनाउँदै गर्दा यो जोडीको बिहे हुने पक्का भएको छ। तर, विहेको तिथिमिति भने, प्रियंंकाले खुलासा गरेकी छैनन्।


प्रकाशन मिति–२०७६ साल माघ ९ गते विहीवार ।