काठमाडौं। पच्चीसवटा भन्दा भिडियो निर्माण गरिसकेका नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका गायक सीताराम पोखरेलको विलकुलै नयाँ गीतको भिडियो नेपालीहरुको महान पर्व बडा दशैंको शुभकामना सहित रिलिज भएको छ। मनको मैलो मेटिदेउ दिलको दैलो खोली देउ बोलको सन्देशमूलक गीतको भिडियो विश्वव्यापी एकसाथ युट्युब मार्फत रिलिज भएको हो।

नेपाली फिल्मी स्टार नायिका रिमा विश्वकर्माको मेन लिड रोल रहेको भिडियोमा रिमाको श्रीमानको रोलमा गायक सीताराम पोखरेलले नै स्वभाविक अभिनय गरेका छन्। साथमा सीताराम र रिमाको छोरीको रोलमा टिकटक भाइरल क्वीन बाल कलाकार आयुषी ढकालको पनि अभिनय रहेको छ। साथमा बेली डान्सर हेमा श्रेष्ठको पनि गजबको पासिङ सट रहेको छ।

म्युजिक भिडियोको इतिहासमा प्रथम मिस नेपाल रुवि राणा देखि त्यसपछिका मिस नेपालहरुलाई पनि आफ्ना गीतका म्युजिक भिडियोमा अभिनय गराएर थप चर्चा दिलाएका गायक सीताराम पोखरेल केही बर्षयता नेपाली फिल्मी नायिकाहरुलाई अभिनय गराउने कार्यमा पनि पछि परेका छैनन्।

यसक्रममा पछिल्लो भिडियोमा सवैको स्वप्न सुन्दरी नायिका रिमा विश्वकर्मालाई ल्याएर न्यू–लुक्स दिएका छन्। यसअर्थमा पनि गायक सीताराम पोखरेललाई यस गीतका भिडियो निर्देशक समन अधिकारी लगायतले गर्बका साथ म्युजिक भिडियोका बादशाह भनेका हुन्।

हेमन्त खतिवडाको गीत तथा सञ्जय हमालले संगीत रहेको मनको मैलो मेटिदेउm दैलो खोली देउm गीतमा बैदेशिक रोजगारीको विषयलाई विशेष उत्थान गरिएको छ। हरेक गीतका भिडियोमा कुनै न कुनै कन्टेन्ट राखेर म्युजिक भिडियो वनाउने गरेका गायक पोखरेलका प्राय भिडियोमा कन्टेन्ट अर्थात विषय हुने गर्दछ। जुन गायक पोखरेलका गीतका भिडियोको विशेषता नै हो।

प्रकाशन मिति–२०७७ साल कात्तिक ३ गते सोमवार ।