Basant Shrestha 5काठमाडौ। नेपालका बरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ आज राति अमेरिका जाने भएका छन्। लामो समय देखि अमेरिका आतेजाते गर्दैआएका नृत्य निर्देशक श्रेष्ठ अमेरिकामा सांस्कृतिक कार्यक्रमको संयोजन गर्नका लागि त्यसतर्फ प्रस्थान गर्न लागेको भिजन संसारलाई भनेका छन्।

Basant Shrestha 4करिब ६ महिनाको कार्यक्रममा त्यसतर्फ लाग्न लागेका नृत्य निर्देशक श्रेष्ठले आफू अमेरिकाको ग्रीनकार्ड होल्डर नएको खुलासा गरेका छन्। कतिपयलाई नृत्य–निर्देशक श्रेष्ठ अमेरिकाको ग्रीनकार्ड होल्डर भन्ने भ्रम पर्दैआएको विषयमा स्पष्ट पार्दै आफूले अमेरिकाको मल्टीपल भिसा मात्र पाएको र सोही भिसाको सदूपयोग गर्दे अमेरिका आतेजाते गर्दैआएको भन्छन्।

Basant Shrestha 2अमेरिकाको भर्जिनियामा छोराबुहारी र न्युयोर्कमा छोरीज्वाईको स्थायाी बसोबास रहेको छ। अर्कोतर्फ नृत्य निर्देशक श्रेष्ठको नृत्यका चेला विजय नकर्मीको पहलमा न्युयोर्कको ज्याक्सन हाइटमा बसन्त श्रेष्ठको नाममा वसन्त श्रेष्ठ डान्स सेन्टर पनि खोलिएको छ। आफ्नो नाममा आफ्नो चेलाले नृत्य सिकाउनका लागि अमेरिकामा डान्स सेन्टर खोलिनु अत्यन्त गर्विलो कुरा भएको पनि श्रेष्ठ बताउंछन्।

Basant Shrestha 3यसपालिको अमेरिकाको भ्रमणमा आफ्नो नामको डान्स सेन्टरमा गएर केही समय नृत्य सिकाउने समेत भनेका छन्। काठमाडौवाट भर्जिनिया हुंदै न्युयोर्कसम्मको आफ्नो यात्रा रहने र त्यहाँको सांस्कृतिक कार्यक्रम सकाएर ६ महिनाभित्र नेपाल फर्कने योजनामा श्रेष्ठ रहेका छन्।
प्रकाशन मिति–२०७३ साल साउन ६ गते विहीवार ।