काठमाडौं। नेपालको नंबर वान व्युटी सैलुन फेसियल हाउसले आफ्नो स्थापनाको १३ औं बार्षिक उत्सव मनाएको छ। बरिष्ठ व्युटी एक्सपर्ट सुषमा महराको ख्यातिप्राप्त व्युटी सैलुन फेसियल हाउसले स्थापनाको १३ औं बार्षिक उत्सव मनाएको हो।

शुक्रबार काठमाडौंको कान्तिपथ जमलस्थित होटल यल्लो प्यागोडामा आयोजित भव्य कार्यक्रममा सांसद शान्ता चौधरीको प्रमुख आतिथ्यता तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडका नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठ,वरिष्ठ सौन्दर्यविद प्रा.डा.राजश्री श्रेष्ठ लयायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमा स्वागत मन्तब्य व्यक्त गर्दै फेसियल हाउसका संरक्षक तथा कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले नेपालमा लगानीको सुरक्षा नहुँदा व्यवसायी बन्न गार्हो बन्ने गरेको आफुले महशुश गर्ने गरेको बताएका थिए। सोही अवसर माझ वरिस्ठ सौन्दर्यविद प्रा. डा. राजश्री श्रेष्ठ र कमला श्रेष्ठलाई फेसियल हाउस सम्मान २०२० बाट सम्मानित गरिएको थियो । कार्यक्रम माझ प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपाकी सचेतक शान्ता चौधरीले फेसियल हाउसले प्रवाह गर्दै आएको सेवाको तारिफ गर्नुका साथै महिला उद्यमशिलताको क्षेत्रमा विशिस्ठ योगदान पुर्याउदै आएको उल्लेख गर्न चुकिनन्।

कार्यक्रममा बिशेष अतिथीको आसनबाट बोल्दै नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोरोना महामारीका कारण महिला उद्यमीहरु बढी प्रभावित बनेको उल्लेख गर्दै कोरोनाको महामारी अझै नसकिएको हुँदा सुरक्षित भएर व्यवसाय गर्नुपर्ने बताईन । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले फेसियल हाउसको सफलताको कामना गर्दै सौन्दर्यको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताईन।

त्यसैगरी नेपाल व्युटीसियन संघकी अध्यक्ष भगवती खडकाले कोरोनाका कारण व्युटिसियनहरुले पेशाबाट हात धुनु परेको बताउदै सौन्दर्य पेशामा लाग्नेहरुलाई राज्यले उपेक्षा गरेको उल्लेख गर्दै व्युटीसियनहरुको हक, हित र अधिकारको वारेमा राज्य र सरकारलाई झकझकाउने कार्य गरेकी थिइन्।

प्रकाशन मिति–२०७७ साल पुस १० गते शुक्रवार ।