Sonakshi-Malaika 1AmarPanchhi-Nepali Actressकाठमाडौ। नेपाली सेनाको सैनिक श्रीमती संघको आयोजनामा अमर पन्छी नामक भव्य कार्यक्रम संपन्न भएको छ। काठमाडौको टुंडिखेल स्थित सैनिक मंचमा आयोजित कार्यक्रममा बलिउडका दुई हट अभिनेत्री सोनाक्षी सिन्हा तथा आइटम गर्ल मलाइका ओरोरा खानले तहल्का नै मच्चाएका छन्।

Amarpanchi-kathmandu-3

नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ भनेर सैनिक श्रीमती संघले आयोजना गरिएको अमर पन्छी कार्यक्रममा बलिउडका यी हट आइटमहरुलाई हेर्नका लागि हजारौ मूल्यका टिकट लिएर प्रवेश गर्ने दर्शकहरुको कुनै कमी देखिएन। नेपाली दर्शकको वाहवाही र हुटिङ्गका वीचमा दमदार आइटम डान्स प्रस्तुत गर्ने कुनै कसर यी दुई बलिउडका हट अभिनेत्रीहरुले बाँकी राखेनन्।

Amarpanchi-kathmandu-2

दर्शकको वाहवाही तथा हुटिङ्गका वीचमा जमेर प्रस्तुति देखाएर बेग्लै मनोरंजन दिएका यी अभिनेत्रीहरुले नेपालमा गएको भूकम्प र यसवाट नेपालीहरुलाई पर्न गएको पीडालाई आफूहरुले पनि आत्मसात गरेको बताए। नेपालका भूकम्प पीडितहरुका लागि सहयोगार्थ आयोजित कार्यक्रममा आफूहरुले सहभागिता जनाउन पाएकोमा अत्यन्त खुशी लागेको पनि उनीहरुले भनेका छन्।

उनीहरुका साथमा नेपाली हट नायिकाहरु प्रियंका कार्की, रेखा थापा, निशा अधिकारी, ऋचा शर्मा,केकी अधिकारी, सुषमा कार्की अलावा हट गायिका इन्दिरा जोशीको थप प्रस्तुतिले कार्यक्रमलाई अझ रोमाञ्चक बनाउन सहयोग गरेको थियो। नायिका रेखा थापाले आफूहरु बलिउडका कलाकारहरुसंग एकसाथ उभिएर उनीहरुकै दाँजोमा प्रस्तुति दिन सफल भएको गर्व लागेको प्रतिक्रिया दिएकी छन्।

अर्की नायिका केकी अधिकारीले पनि आफूहरुले भूकम्प पीडितहरुको सहयोगार्थ गरिएको पूण्य कार्यमा दमदार प्रस्तुति दिन सफलता पाएकोमा खुशी लागेको र यस्ता कार्यक्रम अत्यन्त आवश्यक भएको भनेकी छन्।
प्रकाशन मिति–२०७३ साल जेठ १ गते शनिवार ।