काठमाडौं। नेपालभाषामा निर्माण भएको चलचित्र बसन्त ऋतु समसामयिक यथार्थ कथावस्तुमा आधारित सर्वोत्कृष्ट चलचित्र हो। सर्वोत्कृष्टतासंगै यस चलचित्रले नयाँ नयाँ धेरै कलाकार जन्माउन सफल भएको कुरा कसैवाट छिपेको छैन्।

यसै चलचित्र बसन्त ऋतु सवै विधामा सर्वोत्कृष्ट भएतापनि नेपालभाषा चलचित्रका अवार्डहरुमा छायाँमा पर्दैआएको दुःखेसो चलचित्र बसन्त ऋतुका लेखक तथा निर्देशक पवन जोशीको रहेको छ। कम से कम नोमिनेशनमा समेत नराख्ने बायोस परिपार्टीको खुलेर विरोध गर्न पछि नपरेका निर्देशक जोशी यो आफूहरुको अवमूल्यन भएको समेत जिकिर गर्न पछि परेनन्।

यसकारण पनि यसै हप्ता आयोजित पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४२ मा आफूहरुको टीमले कुनै सहभागिता नजनाएको निर्देशक जोशीले खुलासा गरेका छन्। धुँ देय् प्रोडक्सनको निर्माणमा निर्मित बसन्त ऋतुमा उत्कृष्ट प्रमुख भूमिकामा अभिनय गर्ने अभिनेत्री अनु महर्जनले चौथो पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४२ जित्न सफल भएतापनि अवार्ड कार्यक्रममा उपस्थित नभएतापनि उक्त अवार्ड अभिनेता किशोर चिपालु मार्फत प्राप्त भएपछि त्यसको बेग्लै उत्सव मनाउने कार्य भएको जनाएको छ।

कीर्तिपुरमा मंगलवार आयोजित कार्यक्रममा धुँ देय् प्रोडक्सनले अभिनेत्री अनु महर्जन, निर्देशक पवन जोशी, छायाँकार तथा सम्पादक राजेश शाक्य लगायतलाई सम्मान दिएर उत्सव मनाउने कार्य भएको हो। खुशी तथा उत्सव मनाउने बेग्लै कार्यक्रमको शुरुवात आफूहरुले गरेको निर्देशक जोशीले बताए ।

प्रकाशन मिति–२०७९ साल बैशाख ६ गते मंगलवार ।