Namaste Nepal 3काठमाडौ। युरोपको फ्रान्स, बेल्जियम, जर्मनी लगायत नेपालमा छायाँकन गरिएको बहुप्रतिक्षित नेपाली चलचित्र नमस्ते नेपालको अलनेपाल शुक्रबारवाट रिलिज गरिएको छ। बरिष्ठ चलचित्र नृत्य निर्देशक राजु शाहको निर्देशनमा बनेका चलचित्र नमस्ते नेपालमा बेल्जियमकी नायिका आनाको विशेष भूमिका रहेको छ।

Lavc56.0.101
Narendra Thapa, Parwati Adhikari & Sanam Kumar Bairag in Namaste Nepal.

साथमा नेपालका नायक सविन श्रेष्ठ जोडदार भूमिका रहेको नमस्ते नेपालमा बेलायतमा रहेका नेपालका बरिष्ठ रंगकर्मी सनम कुमार बैरागको छोटा तर अत्यन्त रमाइलो भूमिका रहेको छ। साथमा अनुजा प्रधान, श्याम श्रेष्ठ, गोपाद ढकाल छन्दे, अडी, जर्ज, कमला दाहाल, नरेन्द्र थापा, पार्वती अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

Namaste Nepal 4व्दारिका उदय प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र नमस्ते नेपालमा प्रदीपकुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहले लगानी गरेका छन्। निर्देशक राजु शाह र हाँस्यअभिनेता गोपाल ढकाल छन्देको पटकथा तथा संवाद रहेको छ। विहीवार काठमाडौको चावहिल स्थित चलचित्र विकास वोर्डको हलमा चलचित्र नमस्ते नेपालको प्रेश–शो गरिएको थियो।

Namaste Nepal 1

प्रकाशन मिति–२०७३ साल असार ३१ गते शुक्रबार ।