काठमाडौ। फोटोग्राफरहरुमाझ बृहत विवाह उत्सवको फोटोग्राफी संवन्धी विवाह फोटो अवार्ड कार्यक्रम हुने भएको छ। काठमाडौ फोटोग्राफर संघको आयोजनामा हुन लागेको हो।

KPA Wedding Photo Award-2018 नाम दिएको यस अवार्डमा विशेषत विवाह तथा विवाह समारोहमा खिचिएका र सांस्कृतिक भाव झल्किने खालका फोटोहरु वीच प्रतियोगिता हुन गैरहेको विवाह फोटो अवार्ड कार्यक्रमका संयोजक जीवन काफ्लेले भिजन संसार डटकमलाई भनेका छन्।

संयोजक काफ्लेका अनुसार विवाह तथा विवाह उत्सवमा खिचिएका सांस्कृतिक भाग झल्किने खालका फोटोहरु प्रतियोगिताका लागि इन्छुक फोटोग्राफर जो कोहीले पनि पठाउन सकिने बताइएको छ। मिति २०७५ साल साउन २५ गते देखि २०७५ साल भाद्र २३ गतेभित्र एकजना फोटोग्राफरले कम्तिमा एउटा र बढीमा दुईवटासम्म फोटो पठाउन सकिने छ।

यस मितिभित्र प्राप्त भएका फोटोहरुलाई निर्णायक समितिले हेरेर २०७५ साल असोज १ गते सोमवार काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा उत्कृष्ट तीन विजेताहरुलाई अवार्ड तथा क्यानोन ब्राण्डका डीएसएलआर क्यामेराहरु पुरस्कार स्वरुप प्रदान गरिने जानकारी पनि आयोजक काठमाडौ फोटोग्राफर संघले जनाएको छ।

आयोजक संघले गर्न लागेको यो छैठौ संस्करणको प्रतियोगिता हो। यस अवार्ड कार्यक्रममा सीवी माउण्ट एण्ड फ्रेमिङ कंपनी, क्यनोन क्यामेरा, प्रीतिका क्यामेरा सेन्टर, क्यामेरा जोन, फोटो कन्सर्न, लक्की विजनेस, मर्कन्टाइल अफिस सिस्टम, सुपर डिजिटल बानेश्वर ल्याव, टेक सप, फोटो प्वाइन्ट, बैष्णवी ल्याव,आरआर क्रियसन, काठमाडौ डिजिटल एक्सप्रेस लगायतको कार्यक्रम प्रायोजन रहने भएको छ।

सहभागीता जनाउनका लागि फोटो पठाउने  ठेगाना यस प्रकार रहेको छ email-kpanepal2065@gmail.com

प्रकाशन मिति–२०७५ साल साउन २५ गते शुक्रबार ।