Gabbar Singh of Uk 1

काठमाडौ। बलिउडका खतरनाक भिलेन गबरसिंहलाई नचिन्ने कमै होला। बास्तविक नाम अमजद खान भएतापनि बलिउडको सुपरहिट फिल्म सोलेमा गब्बरसिंह बनेर अभिनय गरेदेखि अमजद खान गब्बरसिंह बनेका थिए। तिनै गब्बरसिंहले बलिउडमा बाँचुञ्जेल तहल्का नै मच्चाएका थिए।

Gabbar Singh of Uk 2

बलिउडको सुपर–डुपर हिट भिलेन गब्बरसिंहको चर्चा बेलायतमा पनि अझै हुने गरेको छ। त्यो गब्बरसिंह भने बलिउडका अमजद खानको होइन्। बेलायतका गब्बरसिंह भने, अग्रज नेपाली रंगकर्मी कलाकार सनम कुमार बैराग हुन्। सनम कुमार बैरागलाई बेलायतमा नेपाली गब्बरसिंह भनेर चिन्ने गरेका छन्। एक दशकअगाडि बेलायतमा स्टार टिभीको लागि गब्बरसिंह बनेर पानको विज्ञापन खेलेका थिए।

सोही पानमा गब्बरसिंहको जवान बेलाको सोलेमा जस्तै हुबहु त्यही स्टाइलमा चमत्कारी अभिनय गरेयता अग्रज कलाकार बैरागलाई गब्बरसिंह भनिएको हो। गब्बरसिंहको क्रेजवाट निक्कै चर्चामा आएका कलाकार बैराग बेलायतमा नाटकको माध्यमवाट क्रान्ति ल्याउने लेखक तथा निर्देशकका रुपमा हाल थप चर्चामा रहेका छन्।

ए स्टार फाइनान्सियल सोलुसन युके लगायतकाको विज्ञापन निर्माण तथा निर्देशनमा व्यस्त सनम कुमार बैराग
ए स्टार फाइनान्सियल सोलुसन युके लगायतकाको विज्ञापन निर्माण तथा निर्देशनमा व्यस्त बैराग

समय दृश्य, जीगिषा नामक दुई नाटक बेलायतका विभिन्न स्थानमा बेलायतमा रहेका कलाकारहरुलाई समेटिएर मञ्चन गर्न बैरागले सफलता प्राप्त गरेका थिए। यस विषयमा केही समयअगाडि बेलायतमा नेपाली नाटकको संभाव्यता र आवश्यकता विषयमा बहस समेत गरेर सवैको वाहवाही पाएका बैराग यतिखेर तेश्रो नाटकको तयारीमा रहेका छन्।

Gabbar Singh of Uk 4त्यसको अलावा A- Star Financial Solution UK लगायतकाको विज्ञापन निर्माण तथा निर्देशनमा व्यस्त बनिरहेका छन्। बेलायतमा रंगमञ्च तथा टेलिभिजनका लागि एक से एक कलाकार जन्माउने ब्रम्हाको रुपमा पनि बैरागलाई लिइने गरेको छ।

Gabbar Singh of Uk 6 Gabbar Singh of Uk 7 Gabbar Singh of Uk 8प्रकाशन मिति–२०७४ साल भाद्र २१ गते बुधवार ।