–सुस्मिता थापा

लण्डन। बेलायतमा यही मार्च २१ का दिन हुन गैरहेको राष्ट्रिय जनगणनामा नेपाली पहिचानलाई कायम गर्न र गराउन विभिन्न सचेतनात्मक कार्यक्रम भैरहेको छ। यसक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) युके, इंग्ल्याण्ड समन्वय राज्यपरिषद्ले बेलायतको राष्ट्रिय जनगणनामा नेपाली युवा तथा नयाँ पुस्तालाई समावेश गर्न पहल गरेको हो।

एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले बेलायतको राष्ट्रिय जनगणनामा बेलायतस्थित नेपाली नयाँ पुस्ताको सहभागिता बढाउने लक्ष्यसहित सोमबार जुम अन्तरक्रिया आयोजना गरेको छ।

एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय राज्यपरिषद् जनगणना सचेतना कार्यक्रमकी युवा संयोजक अहिल्या सुवालले संयोजन गरेको कार्यक्रममा सिएनएस यूके अध्यक्ष एवम् अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा.कृष्ण अधिकारी र ओएनएसका समीर गुरुङले जनगणनाको आवश्यकता तथा महत्वका वारेमा प्रकाश पारेका थिए।

अधिकारीले विगतमा गरिएको जनगणनाका बारेमा विस्तृत जानकारी गराएका थिए । त्यस्तै, गुरुङले जनगणनामा बेलायत सरकारले कसरी काम गरिरहेको छ भन्ने बारेमा बताए । उनले जनगणनाका बारेमा केही जिज्ञासा भए एनआरएनए यूके र सिएनएस यूकेमार्फत काम सल्लाह लिन सकिने जानकारी गराए ।

सचेतना कार्यक्रममा जनगणनाको महत्वकै बारेमा चेल्सी गुरुङले मन्तव्य राखेकी थिइन। बेलायतमा जन्मिएका युवा पुस्तालाई समेटिएको जुम सचेतना अन्तरक्रियामा सहभागी सबै लाई परिषद् सचिव गोविन्द खरेलले स्वागत गरे। जनगणना सचेतना कार्यक्रमका संयोजक तथा एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दीपक श्रेष्ठले नेपाली युवा पुस्ताले जनगणनामा सहभागिता जनाई भविष्यमा नेतृत्व लिनु पर्ने बताए।

जुम अन्तरक्रियामा सहभागी युवाहरुलाई सम्बोधन गर्दै एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङले जनगणनामा सहभागी हुन र एथ्निसिटीबारे सोधिएको प्रश्नमा ‘नेपाली’ लेख्न विशेष अनुरोध गरिन् । सुस्मिता थापाले संचालन गरेको सचेतना अन्तरक्रियामा सहभागीहरुलाई युवा संयोजक सुवाल ले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

अन्तरक्रियामा एनआरएनए यूके उपाध्यक्ष रोजिना प्रधान राई, महिला संयोजक प्रसुना कंडेल लगायतको सहभागिता थियो । त्यस्तै, रेनुका श्रेष्ठ, समिर श्रेष्ठ, ऐश्वर्या श्रेष्ठ, अमृता गिरी, यमुना अली, दीपा गुरुङ, इर्भिन श्रेष्ठ, दीपक थापा मैथाने, रोजन श्रेष्ठ, सोहन सुवाल, अन्जु खड्का लगायतका युवा सहभागी थिए ।

 

प्रकाशन मिति–२०७७ साल फागुन २५ गते मंगलवार ।