Dreams 0

काठमाडौ। बेलायतमा रहेको चर्चित इभेन्ट म्यानेजमेन्ट कंपनी सपन इन्टरटेन्टमेन्टको आयोजनामा नायक भुवन केसी निर्मित तथा निर्देशित चलचित्र ड्रिम्सको बेलायतका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ। यसै क्रममा नायक भुवन केसी र उनको सुपुत्र चलचित्र ड्रिम्सका चकलेटी हिरो अनमोल केसी बेलायत पुगेका छन्।

Dreams in London 2

शनिवार विहान बेलायत पुगेका केसी बाउ–छोरालाई लण्डनमा सपन इन्टरटेन्टमेन्टका अध्यक्ष तथा प्रवन्ध–निर्देशक सपन कुमार राईले स्वागत गरेका छन्। अष्ट्रेलियामा चलचित्र ड्रिम्सको सफल प्रदर्शन पश्चात बेलायत पुगेका केसी बाउ–छोराले लण्डन एअरपोर्टमा भिजन संसार प्रतिनिधिसंगको कुराकानीमा अष्ट्रेलियामा चलचित्र ड्रिम्सका प्रदर्शन अत्यन्त सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्।

Bhuwan, Anmol & Sapan in Londonभुवन केसीले निर्माण गरेका सात चलचित्र मध्येमा निर्देशन गरेको पहिलो चलचित्र ड्रिम्स भएको पनि सोही समयमा उल्लेख गर्न चुकेनन्। आइतवार लण्डनको दि इम्पायर ब्याङ्गक्युटिङ्ग हल अल्डरसटमा चलचित्र ड्रिम्सको पहिलो प्रदर्शन हुने जानकारी सपन इन्टरटेन्टमेन्टले दिएको छ।

Dreams in London 1

त्यसैगरेर, मे महिनाको १२ तारिखका दिन वीलस्वीच, १५ तारिखका दिन ह्यारो, १६ तारिख ग्रामथान, २० तारिख केन्ट र २२ तारिख स्कटल्याण्डको एवरर्डिनमा प्रदर्शन हुने पनि भनेको छ। चलचित्र ड्रिम्समा अनमोल केसीको अलावा साम्राज्ञी राज्य लक्ष्मी शाह र सन्ध्या केसीको मुख्य भूमिका रहेको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख २५ गते शनिवार ।