Jeegisha 1

काठमाडौ। बेलायतको इतिहासमा नेपाली नाटकको सफलतापूर्वक मञ्चन हुनु चानचुने कुरा अवश्य होइन। अत्यन्त कठिन कार्य मानिन्छ। तर, आँट तथा धैर्य गरेमा जस्तोसुकै कठिन कार्यलाई पनि सहज ढंगवाट प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा बेलायतका अग्रज नाट्यकर्मी सनमकुमार बैरागवाट भएको छ।

Mr.Sanam Kumar Bairag
Mr.Sanam Kumar Bairag

नाट्यकर्मी बैरागको सोच, खोज अनि आँटको कारण दुई नाटक समय दृश्य र जीगिषाले बेलायतमा इतिहास कोर्ने कार्य गरिसकेको छ। अंग्रेजको अत्यन्त बैभवशाली मुलुक मानिएको बेलायतमा नेपाली नाटकलाई सफलतापूर्वक मञ्चन गर्ने कार्य नाट्यकर्मी बैरागवाट भएको छ।

बैरागको लेखन तथा निर्देशन र तेन्जी लामा पाख्रिनको निर्माणमा नेपालमा आएको महाभूकम्पले निम्त्याएको दर्दनाक कथाको यथार्थता बोकेको नाटक समय दृश्य एक बर्षअगाडि बेलायतका विभिन्न रंगमंचमा भव्य मञ्चन भएको थियो। जुन अत्यन्त समसामयिक तथा यथार्थपरक भएको तथ्यलाई सवैले स्वीकार गरेर समय दृश्य नाटकलाई नमन गरेवाट हौसिएका नाट्यकर्मी बैरागले यो बर्ष अर्को नाटक जीगिषा बेलायतका विभिन्न स्थानमा मञ्चन गरेर थप वाहवाही कमाउन सफलता प्राप्त गरेको छ। जसको तारिफ नेपालमा पनि मनग्गे भएको छ।

यही क्रममा यही वाहवाही र ताली पाएको अत्यन्त सफल नाटक जीगिषा अर्थात जित्ने इच्छाको बेलायतको बर्मिघममा पूनः मञ्चन हुने भएको छ। सागर खत्री र तुलक रेग्मीको सक्रियतामा यही आउने १२ जुनमा मञ्चन हुने निश्चित भएको समाचार रहेको छ। बेलायतमा रहेका नेपाली कलाकारहरुको अथक प्रयास र मेहनतको यथार्थ बनेको नाटक जीगिषा हेरेपछि सवैले एकचोटी फेरि जित्ने इच्छा जाँगेर आउने दावी नाट्यकर्मी बैरागको रहेको छ।

Jeegisha 3

नाटक मन्चन हुने स्थान : Rai Function Hall,68 Nineveh Road,Birmingham,B21 0TE , विस्तृत जानकारीको लागी Tulak regmi 07412044390,Ajay Subedi 07846669079, Krishna Dhakal 07795086674 ,Tej khattri 07581195202,Tika Adhikari 07828 905018 सम्पर्क गर्न सकिनेछ ।

07533 824868 Tek Sahani
07455003042 sures Bhandari birmingham

प्रकाशन मिति–२०७४ साल जेष्ठ ९ गते मंगलवार ।