लन्डन । बेलायतमा दशौ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड हुने भएको छ। थर्ड आइ नामक संस्थाले आगामी जुलाई १ तारिख सांझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्न लागेको हो।

Box Film Award UK1सोमबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक थर्ड आइका तर्फबाट विकास देवकोटाले विसं २०७३ सालभरि प्रदर्शन भएका करिब ९० नेपाली चलचित्रबाट ३२ विद्यामा अवार्ड दिइने जानकारी दिए। उक्त अवार्ड कार्यक्रम गत वर्ष क्यानाडामा गरिएको थियो । उत्कृष्ट गीत संगीत, नृत्य, गीतकार र संगीतकारको मनोनयन र छनोट प्रक्रिया लन्डनस्थित टिमबाट हुने र अन्य विद्यामा मनोनयन र छनोट नेपालबाटै गरिने थर्ड आइले जनाएको छ।

Box Film Award UK3अवार्ड कार्यक्रमका लागि नेपालबाट ४० भन्दा बढी कलाकार बेलायत उतार्ने आयोजकको दावी छ । ती कलाकार २९ जुनमा लन्डन आएर ३ जुलाइमा नेपाल फर्कने तालिका आयोजकले बनाएका छन्। नेपाली चलचित्रका ख्यातिप्राप्त कलाकारहरु नीर शाह, शिव श्रेष्ठ, भुवन केसी, करिश्मा मानन्धर, प्रियंका कार्की, स्वेता खड्का, दीपकराज गिरी, दीपाश्री निरौला लगायत अवार्ड नोमिनेसनमा नपरेपनि अतिथीका रुपमा बेलायत आउने आयोजकले भनेका छन्।

Box Film Award UK4

अमेरिकाबाट कम्तीमा दश जना कलाकार आउने र बेलायतकै स्थानीय कलाकारहरु समेत कार्यक्रममा सहभागी हुने जनाइएको छ। लन्डनस्थित नेपाली राजदूत प्रमुख अतिथी रहने उक्त कार्यक्रम सांस्कृतिकमय हुनेछ।

नेपाली चलचित्रलाई विश्व बजारमा विस्तार र प्रवर्धन गर्ने उद्देश्यले अत्यन्त खर्चिलो र चुनौतिबीच अवार्ड कार्यक्रम आंटिएको थर्ड आइको भनाइ छ । थर्ड आइले यसअघि बेलायतमा पिकनिक इन लन्डन, म्यूजिकल जर्नी, इन्कोर इन लन्डन जस्ता सांगीतिक कन्सर्ट गरिसकेको छ । पत्रकार सम्मेलनमा आयोजककातर्फबाट विकास देवकोटा, जीवन सेन, ओजेश सिंह, युवराज सिंह र करण तामाङले बोलेका थिए।

Box Film Award UK5उक्त अवसरमा यती एसोसिएसनका पूर्व अध्यक्ष उमेशराज मोक्तान, कोशेली अध्यक्ष शर्मिला सिंह, नर्सिङ एसोसिएसन यूके अध्यक्ष प्रसुना कंडेल, कोडेक अध्यक्ष शंकर दाहाल, नायक ध्रुव दत्त लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी बनेका थिए।

Box Film Award UK2प्रकाशन मिति–२०७४ साल बैशाख ५ गते मंगलवार ।