काठमाडौ। यही अगष्ट २१ तारिख आइतवारका दिन लण्डनको एम्पायर बैक्यूटिङ्ग हल अल्डरसटमा हुन गैरहेको पाँचौ मिस युके नेपाल २०१६ को कोरियोग्राफी नेपालकी चर्चित नायिका प्रियंका कार्कीले गरिरहेकी छन्। यस इभेन्टको लागि गत हप्ता बेलायतको लण्डन पुगेकी नायिका कार्कीले चलचित्रको अभिनयको भूमिकालाई विर्सेर पाँचौ मिस युके नेपाल २०१६ का प्रतिस्पर्धी आठ जना सुन्दरीहरुलाई एम्पायर हलमा प्रशिक्षण दिने कार्य शुरु गरिसकेकी छन्।

Priyanka Karki in London 1

एकदम महत्वपूर्ण जिम्मेवारी लिएर नेपालवाट बेलायत आएको र यस कार्यमा आफूलाई प्रेसर र उत्साह दुवै रहेको नायिका कार्कीले बताएकी छन्। सन् २००५ मा मिस टिनको टाइटल अवार्ड जितेपछि यसतर्फ करियर शुरु गरेकी कार्कीको लागि यो कार्य नितान्त नौलो भने होइन। यस अघि मिस भुटान युएसएको कोरियोग्राफी गरिसकेकी उनले अमेरिकाको टेक्सास र लस एन्जलसमा केही महिनाअघि फेसन शोको कोरियोग्राफीको जिम्मेवारी लिएकी थिइन्।

Priyanka Karki in London 4पाँचौ मिस युके नेपालमा आठ सुन्दरीहरु अलिसा, मेघ्ना, कल्पना, टेनिसा, प्रशंसा, विभिया, सुनिता र आरती भिड्दैछन् । आयोजक शान्ति गुरुङले हालसम्म ट्यालेन्ट र ब्यूटी वीथ परपोज राउण्ड सम्पन्न भइसकेको जानकारी दिंदै तयारी अन्तिम चरणमा पुगेको बताइन्।

Priyanka Karki in London 2प्रकाशन मिति–२०७३ साल साउन ३१ गते सोमवार ।