काठमाडौं। विगत २० बर्षदेखि बेलायतमा नेपाली मौलिक नृत्य लाखे नाच नाच्दैआएका कलाकार विनोद चिपालुको नेपालमा भव्य सम्मान भएको छ।

काठमाडौ जिल्ला स्थित चन्द्रागिरि नगरपालिका वडा नंबर ९ मा रहेको मच्छेगाउंमा कलाकार चिपालुको योगदानको कदर स्वरुप भव्य बाजागाजा सहित सम्मान भएको हो।

मच्छेगाउंको नेपाल सांस्कृति कला मन्दिरले विहीवार आयोजना गरेको कार्यक्रममा सम्मान चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले कलाकार चिपालुलाई सम्मान प्रदान गरेका थिए।

नेपाली लाखे विनोद चिपालुलाई सम्मान कार्यक्रम लेखिएको व्यानर सहित लामो समय बेलायत बसाई पश्चात केही समयको लागि नेपाल आएका कलाकार चिपालुलाई भव्य सम्मान गरिएको हो। जसवाट कलाकार चिपालु निक्कै गर्बित बनेका छन्।

नेपाल र नेपालीको मौलिक तथा परम्परागत नाच प्रवास विदेशी भूमि बेलायतमा चिनाउन गरेको त्यो अथक प्रयास र मेहनतको स्वदेशमा व्यापक कदर भएवाट कलाकार चिपालुले हर्षको आँशु पनि खसालेका छन्। विनोद चिपालु सम्मान कार्यक्रममा नायक धीरेन शाक्य, हांस्य कलाकार सुरेन्द्र केसी र गायक देवेन्द्रमान सिंहको पनि सम्मान गरिएको थियो।


प्रकाशन मिति–२०७६ साल माघ ९ गते विहीवार ।