काठमाडौ। नेपाल बाहिर प्रवासमा केही बर्षयता हुंदैआएको बक्स अफिस फिल्मफेयर अवार्ड यो बर्ष बेलायतमा हुने भएको छ। यही असार १७ गते हुने उक्त अवार्डको उत्कृष्ट पाँचको मनोनयन काठमाडौमा आइतवार सार्वजनिक गरिएको छ।

Dasing Nepalese Actress Shilpa Pokhrel sweet & hot.
Dasing Nepalese Actress Shilpa Pokhrel sweet & hot.

३२ विधामा उक्त अवार्ड वितरण गरिने आयोजकले बताएका छन्। सर्वोत्कृष्ट नायकको मनोनयनमा ‘लूट २’ बाट सौगात मल्ल, ‘वीर विक्रम’बाट दयाहाङ राई, ‘गाजलु’बाट अनमोल केसी, ‘होमवर्क’बाट आर्यन सिग्देल र ‘लभ साशा’बाट कर्मा शाक्य परेका छन्।सर्वोत्कृष्ट नायिकाको मनोनयनमा ‘किस्मत–२’बाट शिल्पा पोखरेल, ‘होमवर्क’बाट नम्रता श्रेष्ठ, ‘छक्का पन्जा’बाट प्रियंका कार्की, ‘लभ साशा’बाट केकी अधिकारी र ‘लप्पन छप्पन’बाट वर्षा शिवाकोटी परेका छन्।

सर्वोत्कृष्ट चलचित्रको मनोनयनमा छक्का पन्जा, गाजलु, वीर विक्रम, लभ साशा र लूट २ परेका छन् । अवार्डको आयोजना लन्डनको थर्ड आई टिम र नेपालको बक्स अफिस अवार्ड मिलेर संयुक्तरुपमा गर्न लागिएको हो ।

UK Box Film Award

मनोनयन विस्तृतमा

सर्वोत्कृष्ट खलनायक
१। रविन तामाङ – जय पर्शुराम
२। ध्रुव कोइराला – मेरो देश
३। विकास चापागाइँ – निर्भय
४। प्रज्वल सुजल गिरी – के म तिम्रो होइन र रु
५। अर्पण थापा – वीर विक्रम

सर्वोत्कृष्ट निर्देशक
१। हेमराज बीसी – गाजलु
२। प्रचण्डमान श्रेष्ठ – लभ साशा
३। मिलन चाम्स – वीर विक्रम
४। रामबाबु गुरुङ – पुरानो डुंगा
५। निश्चल बस्नेत – लूट २

सर्वोत्कृष्ट सहनायक
१। मन्चिन शाक्य – द विनर
२। अनुपबिक्रम शाही – वीर विक्रम
३। सलोन बस्नेत – गाजलु
४। दयाहाङ राई – लूट २
५। किशोर खतिवडा – किस्मत २

सर्वोत्कृष्ट सहनायिका
१। सुरविना कार्की – लुकामारी
२। अशिष्मा नकर्मी – बाटोमुनिको फूल २
३। वर्षा राउत – छक्कापन्जा
४। रजनी केसी – लालजोडी
५। मेनुका प्रधान – पुरानो डुंगा

सर्वोत्कृट नवनायिका
१। सृष्टि श्रेष्ठ – गाजलु
२, मरिष्का पोखरेल – के म तिम्रो होइन र रु
३। दिया पुन – वीर विक्रम
४। सहारा कार्की – दर्पणछाँया २
५। ज्योत्सना योगी – म त तिम्रै हुँ

सर्वोत्कृष्ट नवनायक
१। आयुष्मान देसराज जोशी – चपलीहाइट २
२। पृथ्वीराज प्रसाइँ – किस्मत २
३। पुष्पल खड्का – दर्पणछाँया २
४। आकाश श्रेष्ठ – म त तिम्रै हुँ
५। आर्यन अधिकारी – के म तिम्रो होइन र

सर्वोत्कृष्ट हास्य कलाकार
१। केदार घिमिरे माग्ने बुढो – छक्कापन्जा
२। जितु नेपाल – छक्कापन्जा
३। ज्योति काफ्ले – लालजोडी
४। बुद्धि तामाङ – छक्कापन्जा
५। नाजीर हुसैन – वीर विक्रम

सर्वोत्कृष्ट बालकलाकार
१। नवीन भुजेल – उमंग
२। साइब्रत आचार्य – छाँया
३। लाक्पासिंगे तामाङ – डाइग क्यान्डल
४। रञ्जना डाँगी – बृन्दावन
५। प्रिन्सु सिटौला – भाग्य आ–आफ्नो

सर्वोत्कृष्ट नृत्यनिर्देशक
१। गोविन्द राई – लेकै जाने।।। ब्रासलेट
२। बसन्त श्रेष्ठ – सोझै हो मान्छे म त।।। जय पर्शुराम
३। कविराज गहतराज – पूर्वपश्चिम रेल।।। छक्कापन्जा
४, विक्रम स्वाँर – ठमेल बजार।।। लूट २
५। रामजी लामिछाने – म त हुन्छु जस्तो।।। जय पर्शुराम

सर्वोत्कृष्ट पटकथा
१। हेमराज बिसी – गाजलु
२। निश्चल बस्नेत – लूट २
३। मुकुन्द भट्ट – लप्पन छप्पन
४। दीपकराज गिरी – छक्कापन्जा
५। यम थापा – वीर बिक्रम

सर्वोत्कृष्ट संवाद
१। दीपकराज गिरी – छक्कापन्जा
२। लक्ष्मण सुवेदी – लालजोडी
३। हेमराज विसी – गाजलु
४। देव नेपाल – मेरो देश
५। प्रचण्डमान श्रेष्ठ – लभ साशा

सर्वोत्कृष्ट कथा
१। लक्ष्मण सुवेदी – लालजोडी
२। शिव शर्मा – उमंग
३। उदय सापकोटा (सुरेन) – मेरो देश
४। मिलन चाम्स – वीर विक्रम
५, माओत्से गुरुङ – पुरानो डुंगा

सर्वोत्कृष्ट सम्पादक
१। सुरेन्द्र पौडेल – गाजलु
२। अर्जुन जिसी र भूपेन्द्र अधिकारी – के म तिम्रो होइन र ?
३। विपीन मल्ल – छक्कापन्जा
४। सुरेन्द्र पौडेल – लूट २
५। अर्जुन जीसी – वीर विक्रम

सर्वोत्कृष्ट छायाँकार
१। शैलेन्द्रध्वज कार्की – गाजलु
२। पुरुषोत्तम प्रधान – छक्कापन्जा
३। शिवराम श्रेष्ठ – लभ साशा
४। पुरुषोत्तम प्रधान – लूट २
५। रामकुमार केसी – वीर विक्रम

सर्वोत्कृष्ट द्वन्द्वनिर्देशक
१। हिमाल केसी – के म तिम्रो होइन र र?
२। राजकुमार उप्रेती – लूट २
३। एनबी महर्जन – जय पर्शुराम
४। सम्राट बस्नेत – वीर विक्रम
५। रोशन श्रेष्ठ – किंग

सर्वोत्कृष्ट चरित्र अभिनेता
१। टीका पहारी – बाटो मुनिको फूल २
२। माओत्से गुरुङ – पुरानो डुंगा
३। नरेश पौडेल – जंगे
४। सन्तोष पन्त – किस्मत २
५। नीर शाह – ब्रासलेट

सर्वोत्कृष्ट चरित्र अभिनेत्री
१। रश्मी भट्ट – सुन्तलीलाई भगाइ लग्यो झिल्केले
२। मिथिला शर्मा – के म तिम्रो होइन र र?
३। गौरी मल्ल – गाजलु
४। बसुन्धरा भुसाल – छक्कापन्जा
५। अरुणा कार्की – छायाँ

सर्वोत्कृष्ट नवनिर्देशक
१। नविन अवाल – बिजुली मेसिन
२। शिव शर्मा – उमंग
३। नरेश केसी – डाइङ क्यान्डल
४। श्रीराम महत – म त तिम्रै हुँ
५। दीपाश्री निरौला – छक्कापन्जा

सर्वोत्कृष्ट मेकअप
१। अमृत मरहठ्ठा – लूट २
२। शंकर थापा – छक्कापन्जा
३। निमा लामा – किस्मत २
४। सरोज पाण्डे – पुरानो डुंगा
५। निमा लामा – गाजलु

सर्वोत्कृष्ट कला निर्देशक
१। आशिष दाहाल र कसम नेपाल – जंगे
२। मेनुका राई – लूट २
३। कृष्ण राई र भावना घिमिरे – दर्पणछाँया २
४। सुरेश कार्की – पुरानो डुंगा
५। सन्तोष लामा – वीर विक्रम

सर्वोत्कृष्ट भेषभूषा–ड्रेस डिजाइन
१। उत्तम बनेपाली – के म तिम्रो होइन र रु
२। उत्तम बनेपाली – द विनर
३। रुबी राणा र एस्ट्रीक शेरचन – गाजलु
४। युबी थापा – वीर विक्रम
५। रुबी राणा र एस्ट्रीक शेरचन – किंग

सर्वोत्कृष्ट ध्वनि मिश्रण
१। उत्तम न्यौपाने – लूट २
२। सुनयमान श्रेष्ठ – छक्कापन्जा
३। सुकेश शाह – के म तिम्रो होइन र र?
४। राजकृष्ण श्रेष्ठ – एकपल
५। रमेश भट्टराई – द विनर

सर्वोत्कृष्ट पाश्र्वसंगीत
१। एलिस कार्की – के म तिम्रो होइन र र?
२। सुजील कर्माचार्य – छक्कापन्जा
३। इमानविक्रम शाह – जय पर्शुराम
४। शैलेश श्रेष्ठ – गाजलु
५। रामजी लामिछाने – निर्भय

सर्वोत्कृष्ट कलर करेक्सन
१। राजेन्द्र मोक्तान – गाजलु
२। अनन्त घिमिरे – एकपल
३। कपिल पराजुली – छक्कापन्जा
४। मनोरञ्जन श्रेष्ठ – निर्भय
५। रेनिस फागो – के म तिम्रो होइन र ?

सर्वोत्कृष्ट भिएफएक्स
१। अनन्त घिमिरे – द विनर
२। सत्यम राना – जय पर्शुराम
३। कञ्चन शाही – भ्रम
४। मनोज श्रेष्ठ – लुट २
५। रुपक परियार र सागर गहतराज – लप्पन छप्पन