belayati-sansad

लन्डन। बेलायतकी महिला सांसदले त्यहाँको संसदमा आफ्नो व्यथा सुनाएपछि संसदमै रुवाबासी भएको छ। स्कटिश सांसद मिशेल थम्सनले बेलायतको तल्लो सदन (हाउस अफ कमन्स) मा आफूले बाल्यकालमै भोगेको यौन हिंसा सुनाएकी थिइन्। उनको कुरा सुनेपछि सभामुखसहित सांसदहरु रोएका हुन्।

सांसद थम्सनका अनुसार उनी १४ वर्षको छँदा एक निकतस्थले उनलाई बलात्कार गरेका थिए। महिलाविरुद्धको हिंसा समाप्त गर्न संयुक्त राष्ट्रसंघका तर्फबाट घोषित अन्तर्राष्ट्रिय दिवसका अवसरमा सांसदमा भएको छलफलमा उनले आफ्नो व्यथा सुनाएकी हुन्।

उनले संसदमा आफ्ना कुरा राखिरहँदा स्कटिश नेशनल पार्टीका सांसदहरुले उनलाई सान्त्वना दिएका थिए। उनले आफ्नो व्यथा सुनाइरहँदा सभामुख जोन बर्को निकै भावुक भए। संसदमा उपस्थित लगभग सबै सांसद उनको कुरा सुनेर रोएका थिए।(एजेन्सी)
प्रकाशन मिति–२०७३ साल मंसीर २४ गते शुक्रबार ।