kailali-kanchanpur

काठमाडौ। सुदुरपश्चिम नेपालको कञ्चनपुर र कैलाली आज शुक्रबार बन्द भएको छ। थरुहट–थारुवान संयुक्त संघर्ष समितिले गरेको आमहडताल आव्हानका कारण कञ्चनपुर र कैलाली बन्द भएको कैलाली स्थित भिजन संसार समाचारदाताले जनाएका छन्। जसवाट दुवै जिल्लाका जन–जीवन विहानैदेखि प्रभावित बनेको छ।

kailali-kanchanpur-1सरकारले केही दिन अघि व्यवस्थापिका संसदमा दर्ता गराएको सविधान संशोधन प्रस्तावमा कैलाली र कञ्चनपुरलाई उल्लेख नगरेको भन्दै संघर्ष समितिले आमहडताल आव्हान गरेको हो।

समितिले कञ्चनपुर–कैलालीसहित नवलपरासीसम्मका तराईका जिल्लालाई एक प्रदेश र पूर्वी तराईको झापा, मोरङ, सुनसरीसहितको अर्को प्रदेश हुने गरी संशोधन प्रस्ताव ल्याउन माग गरेको छ।

आन्दोलनका क्रममा थरुहट–थारुवानका कार्यकर्तामाथि कैलालीको टीकापुर घटनाको अभियोगसहित लगाइएका सबै मुद्दा निःशर्त खारेज गरिनुपर्ने मागसमेत गरेको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर २४ गते शुक्रबार ।