लण्डन। बेलायती राजपरिवारमा नयाँ सदस्यको आगमन भएको छ। राजकुमार विलियम र राजकुमारी केट मिडल्टनलाई पुत्र लाभ भएको छ।

राजकुमारी केटले सोमबार लण्डनस्थित सेन्ट मेरी अस्पतालमा तेस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी थिइन् । उनका पहिले नै एक छोरा र एक छोरी छन्।

नवजात शिशु महारानीको छैठौं नाती हुन् । उत्तराधिकारीको पंक्तिमा उनी पाँचौं नम्बरमा छन् । नयाँ सन्तान जन्मिने समयमा ड्युक अफ क्याम्ब्रिज स्वयं अस्पतालमा उपस्थित थिए।

व्रिटेनको केन्सिङटन प्यालेसले एक विज्ञप्ति जारी गर्दै आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको र परिवारका सदस्यहरु खुसी रहेको जानकारी दिएको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख ११ गते मंगलवार ।