Romiyan Limbu 1काठमाडौ। मातृभाषाको संरक्षण र संवद्र्धनको लागि कलाकारहरु आफै लाग्नु पर्ने आवश्यकता महशुश गरिएको छ।

आफ्नो भाषा र संस्कृतिको जगेर्ना गर्नका लागि आफै लाग्नु पर्छ भन्ने सोच र विचारकी अभिनेत्री एवम् निर्मात्री रोमियान लिम्बूको पनि रहेको छ।

यसले गर्दा केही दिनको छुट्टीमा बेलायतवाट नेपाल आएकी अभिनेत्री लिम्बूले नेपाल बसाईको सदूपयोग गर्दै लिम्बू भाषाको एक गीतको म्युजिक भिडियो निर्माण गर्नुको अलावा सोही भिडियोमा अभिनय गर्ने कार्य समेत गरेकी छन्।

तागानु हाङ्गजाङ्गले बोलको लिम्बू भाषाको गीतमा लिम्बू कला–संस्कृति र पहिरनमा रोमियन रंगिएकी छन्। लोकेन साबाको निर्देशन रहेको छ।

Romiyan Limbu 2जसोदा सुव्वाको गीत तथा गायन रहेको उक्त गीतमा राजु आङ्गदेम्बेको संगीत रहेको छ। म्युजिक भिडियोमा रोमियानको साथमा आयुष लिम्बूले पनि अभिनय गरेका छन्। गोविन्द राईको निर्देशनमा बनेको चलचित्र नागबेलीको निर्माण रोमियान लिम्बूले गरेकी हुन्।
प्रकाशन मिति–२०७३ साल असार १२ गते आइतवार ।