Jigisha in Embassay1बेलायत स्थित नेपाली राजदूतावासमा नाटक जीगिषाको सफल मञ्चन–सवैको वाहवाहीलण्डन। बेलायतमा हाल अत्यन्त चर्चामा रहेको मार्मिक तथा यथार्थपरक नाटक जीगिषा मञ्चन भैरहेको छ। यसक्रममा शुक्रबार लण्डनमा रहेको नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा पनि नाटक जीगिषा मञ्चन भएको छ।

Jigisha in Embassay4बेलायतमा रहेका नेपाली लव्ध–प्रतिष्ठित व्यक्तिहरुको आतिथ्यतामा मञ्चित नाटक जीगिषालाई सवैले तारिफ गरेको बेलायत स्थित नेपाली प्रसिद्ध कलाकार मनिष कुमार श्रेष्ठले भिजन संसारलाई जानकारी दिएका छन्। बेलायतका लागि नेपाली राजदूत डा.दुर्गा वहादुर सुवेदीले नाटक जीगिषा अत्यन्त मार्मिक तथा यथार्थपरक भएको र यसले बेलायतमा बसेका सवै नेपालीहरुको मन जित्न सफल भएको प्रतिक्रिया दिएका छन्।

Jigisha in Embassay5नाटक जीगिषाका निर्देशक अग्रज रंगकर्मी सनम कुमार बैरागले जीगिषालाई सवैले मन पराएर हेरिदिएकोमा आभार प्रकट गर्दै आफूलाई यसप्रकारका नाटक गर्न अझ हौसला तथा उत्साह मिलेको भनेका छन्। यसअघि दुई स्थानमा नाटक जीगिषाको मञ्चन भैसकेको छ। केही स्थानहरुमा अझै मञ्चन हुन वाँकी रहेको छ।

Jigisha in Embassay3

नाटक जीगिषामा नेपालमा १० बर्ष चलेको माओवादी जनयुद्धको कथाले उब्जाएको तितो यथार्थतालाई नाटकको प्रस्तुतिवाट जस्ताको तस्तै प्रस्तुत गर्ने कोशिश गरिएको छ। त्यो यथार्थतामा बाँच्ने इच्छालाई सकारात्मक रुपमा प्रस्तुत गर्ने कार्य भएको नाटक हेर्ने सवैको प्रतिक्रिया रहेको छ।

Jigisha in Embassay2प्रकाशन मिति–२०७३ साल चैत्र ५ गते शनिवार ।