काठमाडौं। विगत १५ बर्षदेखि नेपालको व्युटी हेयर डिजाइनको क्षेत्रमा अत्यन्त क्रियाशील मेकअप आर्टिष्ट एवम् हेयर डिजाइनर पूनम श्रेष्ठ सम्मानित बनेकी छन्। बेष्ट हेयर डिजाइनर अवार्डवाट श्रेष्ठ सम्मानित बनेकी हुन्।

काठमाडौं बानेश्वर स्थित पूनम व्युटी एकेडेमीकी अध्यक्ष तथा महाप्रवन्धक समेत रहेकी मेकअप आर्टिष्ट एवम् हेयर डिजाइनर श्रेष्ठलाई स्पर्श फिल्म्स तथा प्याजेन्ट नेपाल इन्टरनेशनल मिडियाले आयोजना गरेको ‘स्पर्श म्युजिक भिडियो अवार्ड–२०२०’ कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो।

यसअघि मेकअप आर्टिष्ट श्रेष्ठले विभिन्न अन्तरराष्ट्रिय व्युटी अवार्ड पनि प्राप्त गरिसकेकी छन्।

प्रकाशन मिति–२०७७ साल पुस २३ गते विहीवार ।