Sweta Khadka in Bankokकाठमाडौ। दिवंगत नायक श्रीकृष्ण श्रेष्ठको पत्नी नायिका स्वेता खड्का नायक श्रेष्ठ नहुनुको डेढ बर्षपछि केही उत्साहित बनेकी छन्। बैंककमा आयोजित बक्स फिल्म फेयर अवार्डमा नेपाली चलचित्रका कलाकारहरुका साथमा पुगेकी नायिका खड्का चलचित्र कोहिनूरवाट आफू उत्कृष्ट नायिकाको अवार्डवाट सम्मानित बनेकोमा नेपाली चलचित्रमा कमव्यांक बन्न प्रेरणा मिलेको बताएकी छन्।

Kohinoor Awarded in Bankok 2आम नायिका भन्दा बोल्ड टाइपले बैंककमा प्रस्तुत बनेकी नायिका खड्काले अनौपचारिक रुपमा आफूले निकट भविष्यमा चलचित्र निर्माण गर्ने र अभिनय गर्ने समेत भनेकी छन्। चलचित्र कोहिनूर आफ्नो श्रीमानको अन्तिम चिनो भएकोले यो चलचित्र जीवनकै कोहिनूर नै भएको प्रतिक्रिया व्यक्त गरेकी छन्। बैंककमा आयोजित अवार्ड कार्यक्रममा चलचित्र कोहिनूरले उत्कृष्ट नायिकाको अलावा, निर्देशक, संगीतकार र भेषभूषामा अवार्ड पाएको छ।

Kohinoor Awarded in Bankok 3

प्रकाशन मिति–२०७२ साल चैत्र २८ गते आइतवार ।