काठमाडौं। बचपनदेखि नै बोल्ड एण्ड हक्की क्यारेक्टरकी रुविश्का श्रेष्ठको सोच नै यतिखेर कस्मेटिक एक्सपर्ट बन्नु हो। कस्मेटोलोजिष्ट बनेर विश्वमा नेपालको नाम चम्काउने योजना रुविश्काको रहेको छ। त्यसकारण पनि यतिखेर प्लस टुको अध्ययनमा कस्मेटोलोजी नै अध्ययन गरिरहेकी छन्। यस विषयको ब्याँचलर अध्ययन गर्न नेपाल वाहिर कोरिया जाने योजना पनि रुविश्काको रहेको छ। यसो हुनुको पछाडि रुविश्काकी आमा नेपालकी अग्रज व्युटी एक्सपर्ट रुश्का बैद्य श्रेष्ठको प्रेरणा अनि ख्यातिवाट पनि हो।

आमा कस्मेटीक चलाउने व्युटी एक्सपर्ट बनेकोले आमाले चलाउने गरेको कस्मेटीक बनाउने कस्मेटोलोजिष्ट बनाउने मनैभरिको चाहनाले पनि यसतर्फ अध्ययन गर्न प्रेरित मात्र नगरिकन व्यापक उत्साह दिएको जिकिर रुविश्काको रहेको छ। सवैसंग हक्की पाराले मज्जाले बोल्ने खुबीलिटी बोकेकी रुविश्काको अर्को लक्ष्य भनेको निकट भविष्यमा मिस नेपालमा भाग लिएर मिस नेपाल पनि बन्नु हो।

मिस नेपाल बनेर अझ मिस वल्र्डमा पुगेर मिस वल्र्ड पनि बन्ने लक्ष्य रुविश्काको रहेको छ। व्युटी विथ ब्रेनको माध्यमवाट विश्व जित्ने योजनामा रुविश्का रहेकी छन्। एकदिन व्युटीको विश्वमा बाजिगर नै बन्ने आँट बोकेकी रुविश्का धेरै उमेरकी भने होइन्। भर्खर १६ नाँघेर १७ पुग्ने तर्खरमा रहेकी छन्।

सानो उमेरमा ठूलो आँट बोकेकी रुविश्काको करियर ६ बर्षको उमेरवाटै शुरु भएको हो। ६ बर्षको उमेरमा लिट्टल क्वीन एण्ड मास्टर किङमा भाग लिएर अग्रता दिएकी रुविश्काको पहिलो फोटोसुट ९ बर्षको उमेरमा नारी म्यागाजिनको लागि भयो। १३ बर्षको उमेरमा त -याम्प मोडलिङमा क्याटवाक गरेर मोडलको करियर शुरु गरेकी थिइन्।

हरेक कार्यमा लिडरसीप गर्न अत्यन्त रुचि राख्ने रुविश्काले बनेपाको प्रगति प्रभात एकेडेमी पछि काठमाडौंको बृहस्पति स्कुलवाट स्कुलिङ पास गरेकी थिइन्। प्लस टुको अध्ययन पनि बृहस्पतिमा नै गरिरहेकी रुविश्का प्लस टु अध्ययनसम्म पुग्दा पनि लिडरसीप गरेर हरेक क्लासहरुमा साथीहरुलाई लिड गर्ने कार्य गरिरहेकी छन्।

पछाडि पर्ने र पछाडि बस्ने रुविश्काको बानी नै छैन्। अरुभन्दा एक कदम अगाडि बढ्ने पनि रुविश्काको बचपनदेखिकै बानी हो। पब्लिक स्पिकिङ होस्टिङ, डान्सिङ, गितार, डिवेट कम्पिटिसन, बास्केटबलको क्याप्टेन बन्ने कार्यमा धेरै नै रुचि राख्ने रुविश्काले सानै उमेरमा धेरै टुर्नामेन्टहरु पनि जितिसकेकी छन्। लिडरसीप असाध्यै मन पर्ने विचार पोख्ने रुविश्काले २५ सय विद्यार्थी भएको बृहस्पतिमा ती सवै विद्यार्थीहरुको लिडर बनेर कार्य गरेको अनुभव पनि रहेको छ।

निकट भविष्यमा मौका तथा अवसरले साथ दिएमा नेपाली पोलिटिक्समा पनि आउने संभावना जनाउने रुविश्कामा थोरबहुत नेपाली पोलिटिक्सको बारेमा जानकारी रहेको छ। तर, डटी पोलिटिक्स गर्ने चाहना भने रुविश्काको कदापि पनि छैन्।

मोडल हन्ट नेपालमा फस्ट रनरअपको ताज जितिसकेकी रुविश्काले हालै भारतको पूनामा आयोजित फेस अफ नेपालमा समेत भाग लिएर तहल्का मच्चाउने कार्य गरेकी थिइन्।
त्यसैगरेर, कोरियामा आयोजित एल्वियमए स्टारमा गत बर्षको अक्टोबरमा ब्राण्ड एम्बासडर बनेर समेत आएकी रुविश्काको अर्को रुचिको विषय भनेको सोसियल वर्क पनि हो। लियो क्लव अफ काठमाडौं हिमचुली मार्फत विभिन्न स्थानहरुमा सोसियल वर्क गर्ने कार्य पनि रुविश्काले गरिसकेकी छन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल जेठ ३ गते शुक्रवार ।