Jharana Bajracharya-pregnentकाठमाडौ। नेपालका पूर्व मिस वल्र्ड नेपाल एवम् नायिका झरना बज्राचार्यलाई पुत्रलाभ भएको छ। भारतीय मूलका मलेसियन व्यापारी राहुलसंग गत बर्ष विवाह वन्धनमा बाँधिएकी झरनालाई आइतवार मलेसियामा पुत्रलाभ भएको हो। छोराको जन्मसंगै झरनाले छोराको नाम इशान भनेर छोराको तस्वीर सामाजिक सन्जालमा पोष्ट गर्दा तस्वीरको इस्टाग्राममा उल्लेख गरेको पाइएको छ।

Jharana Bajracharya's Baby

नेपाली चलचित्र सेफल्यान्डिङ्गको निर्माता समेत रहेका मलेसियन व्यापारी राहुल र झरना वीच चलचित्रको शुटिङ्गतावाटै भएको थियो।

सन् १९९७ सालमा पहिलो मिस वल्र्ड नेपाल भएपछि दर्जनौ दर्जन विभिन्न प्रडक्ट विज्ञापन तथा गीतको भिडियोमा मोडलिङ्गको अलावा चलचित्रमा समेत अभिनय गरेकी झरनालाई बोल्ड क्यारेक्टरकी कुशल कलाकारको रुपमा लिइने गरेको छ। बोल्ड विचार र बोल्ड प्रस्तुति दिने कारण सधैं चर्चाको शिखरमा रहने झरना पुत्रलाभवाट निक्कै दंगिएकी छन्। जीवनमा धेरै खुशी मध्येको एक खुशी भनेर प्रतिक्रिया व्यक्त गरेकी छन्।
प्रकाशन मिति–२०७२ साल चैत्र २९ गते सोमवार ।