मुम्बई। हलिउडमा समेत चर्चाको शिखरमा रहेकी बलिउडकी हट अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’मा अनुबन्ध हुन १२ करोड पारिश्रमिक माग गरेकी छन्।

अमेरिकी गायक निक जोनससँग हाल प्रेम सम्बन्धका कारण चर्चामा रहेकी प्रियंका सलमान खानको ‘भारत’ खेल्न बलिउड फर्किने भएकी हुन्।

अमेरिकी टेलिभिजन शो क्वान्टिकोका तीन सिजन्स र हलिउड फिल्म बेवाँचमा अभिनय गरेर स्वदेश फर्किन लागेकी उनले फिल्म खेल्न निर्देशक अली अब्बास जफरसँग १२ करोड मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यदि ‘भारत’ युनिटले प्रियंकाको प्रस्ताव मान्यो भने उनी बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने दोस्रो अभिनेत्री बन्नेछिन्। यसअघि दीपिका पादुकोणले फिल्म ‘पद्मावत’ मा १२ करोड रुपैयाँ लिइसकेकी छिन्।प्रकाशन मिति–२०७५ साल असार ५ गते मंगलवार ।