मुम्बइ। भारतीय ख्यातिप्राप्त अभिनेता कमल हसन राजनीतिमा आएका छन्। हालसम्म २ सय भन्दा बढी बलिउडका फिल्म खेलिसकेका अभिनेता कमल हसनले राजनीतिक पार्टी गठन गरेर राजनीतिमा आएका हुन्।

फिल्म सेन्सरसिपको झमेलामा परेका ६३ बर्षीय अभिनेता हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी गठन गरेका हुन्। हसनले सो पार्टी मार्फत् कलाकारहरूको अधिकार र स्वतन्त्रताका लागि लड्ने योजना पनि बनाएको बताएका छन्। हसनले ‘मक्का निधी मैम’ नामक पार्टी गत फेब्रुअरीमा गठन गरेका थिए।

तमिलनाडुलाई आधार बनाएर बनाइएको पार्टीलाई स्थानीय भाषामा जनताको न्याय केन्द्र भनिएको छ। सो पार्टीले आगामी आम निर्वाचनमा पहिलो पटक भाग लिने बताइएको छ।

सन् २०१९ मा हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेगरी प्रतिस्पर्धा गरेका छन्। अभिनेता हसनले आफ्नो पार्टी वाकस्वतन्त्रताका लागि लड्नुका साथै धार्मिक विविधताको राष्ट्रिय विषेशताको रक्षाका लागि क्रियाशिल रहेको भनेका छन्।
(अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल साउन २७ गते आइतवार ।