Shiwani Luitel 1काठमाडौ। नायक निखिल उप्रेतीले निर्देशन गरेको पहिलो चलचित्र ‘कमिटमेन्ट ६० आवर्स’मा अब मुख्य नायिकामा शिवानी लुइंटेलले अभिनय गरेकी छन्। नातामा शिवानी निखिलको आफ्नै साली हुन्। नायिका संचिता लुइंटेलकी साख्यै बहिनी हुन्।

बहिनीलाई श्रीमान निखिलले मुख्य नायिकामा फाइनल गरेर फिल्म खेलाएपछि सवैभन्दा पहिला संचिता नै खुशी बनेकी थिइन्। त्यस खुशीलाई व्यक्त गर्न संचिताले सामाजिक सञ्जाल फेसबुकवाट समेत बहिनीलाई नेपाली फिल्म इण्डष्ट्रीमा स्वागत भनेर लेखेकी थिइन्।

हुन त संचिता जतिकै शिवानी पनि अत्यन्त राम्री तथा प्रतिभावान रहेकी छन्। प्रतिभा भएतापनि कुनै फिल्म खेलेकी थिइनन्। शिवानीभित्र भने दिदीजस्तै चर्चित नायिका बन्ने सोचमा रहेको पहिला देखि नै बुझेकी संचिताले मौकैमा बहिनीको सिफारिस निखिललाई गरेको बुझिएको छ।

निखिल पनि मुख्य नायिकाको खोजी गर्दैमा हैरान बनेको अवस्थामा आफ्नै साली पाउंदा दंग परेकी छन्। निखिलले साली फाइनल गरेपछि सालीको नाताले शिवानीलाई फाइनल नगरेको भैकन उनको ट्यालेन्टको कारण फाइनल गरेको बताएका छन्। शिवानीले निखिलको ७० प्रतिशत हिन्दी, २० प्रतिशत नेपाली र १० प्रतिशत अंग्रेजी भाषा समावेश हुने नेपाली चलचित्रमा मुख्य नायिकाको रुपमा काम गर्न पाउंदा अत्यन्त खुशी व्यक्त गरेकी छन्।

काम प्रारम्भमा गाह्रो जस्तो महशुश भएतापनि गर्दैगर्दा सजिलो र रमाइलो हुंदै गरेको उनको भनाई रहेको छ। भारतीय कलाकार रञ्जितको समेत अभिनय रहेको यस चलचित्र ३ करोड लगानीमा निर्माण पूरा हुने जनाइएको छ।

Shiwani Luitel 2प्रकाशन मिति–२०७४ साल जेष्ठ २६ गते शुक्रबार ।