Shuvechha Thapa Bold in Bhojpuri Film

काठमाडौ। बोल्ड एण्ड व्युटीफुल नेपाली नायिका शुभेच्छा थापा भोजपुरी फिल्म दिलवालेको एक गीतको भिडियोमा अझ बोल्ड बनेकी छन्।

दवाई जैसन बोलको गीतमा नायिका थापाले सेक्सी हाउभाउमा कामुक डान्स गरेर हेर्ने सवैलाई हैरान पारेकी छन्।

एउटै कोठाको दृश्यमा सेक्सी पोज तथा सेक्सको हाउभाउमा गरेको अभिनय नायिका थापाको हालसम्मकै सेक्सी बोल्डसीन मानिएको छ।

माँ राधिका इन्टरनेशनल प्रा लिको व्यानरमा बनेको उक्त चलचित्रका निर्माता नितेशकुमार सिंह हुन। चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन।

सुरज प्रधान यस चलचित्रका प्रस्तुतकर्ता हुन। चलचित्रको पर्दामा मुख्य भुमिका प्रदेशी शाह एस पी खरेल र शुभेच्छा थापा देखिएका छन्।

प्रकाशन मिति–२०७३ साल फागुन ५ गते विहीवार ।