ललितपुर । कोरानाभाइरस (कोभिड–१९) को महामारीका कारण सरकारले सिने क्षेत्रलाई अझै बन्दाबन्दी गरेको अवस्थाले सबै चलचित्रकर्मी बेरोजगार भएका छन् । सरकारले झण्डै पाँच महिना लामो बन्दाबन्दी गरेसँगै चलचित्र निर्माण, प्रदर्शन र वितरण नहुँदा ठूलो संख्यामा चलचित्रकर्मी बेरोजगार भएका हुन् ।

तत्काल चलचित्र क्षेत्रले गति नलिने देखेपछि मोडल तथा नायिका प्रियंका अधिकारी रेष्टुरेन्ट ब्यवसायतर्फ आकर्षित भएकी छन् । उनले हालै ‘कौशी क्याफे एण्ड लन्ज’ सञ्चालनमा ल्याएकी हुन् । नयाँ ब्यवस्थापन सहित ललितपुरको बालकुमारी आकाशेपुलको ठिक पश्चिम हाईवेसंगै रहेको ‘कौशी क्याफे एण्ड लन्ज’ यही साताबाट सञ्चालनमा आएको हो ।

स्वास्थ्य, हाइजेनिक, फ्रेस र मीठो खानेकुराका लागि प्रख्यात हुँदै गरेको ‘कौशी’ सेकुवाका पारखीहरुका लागि पनि रोजाईको स्थान बन्दै आइरहेको छ । ‘स्वस्थ र हाइजेनिक खाना, खुल्ला किचन, अनुभवी सेफ र राम्रो हस्पिटालिटी भएको पारिवारिक वातावरणमा रमाउँन सकिने उपयुक्त गन्तब्य हो’, भनी दाबी गर्ने सञ्चालिका मध्येकी एक प्रियंका अधिकारी चलचित्र ‘मदहोस’ की नायिका हुन् । नायिका अधिकारीले सरला बिष्ट र विमल कार्कीसंग मिलेर संयुक्त रुपमा रेष्टुरेण्ट ब्यवसाय सञ्चालन गरेकी हुन।


प्रकाशन मिति–२०७७ साल साउन २३ गते शुक्रवार ।