ललितपुर। संसार्स अनलाईन टिभीका लागि मिना शाक्यद्वारा निर्मित नेपालभाषाको म्युजिक भिडियो “ख्वबि त्याय् कयास्‘” र “वनेवा वनेवा झिपि‘।” दुईवटा भिडियो एक साथ शुक्रबार ऐतिहासिक नगरी ललितपुरको पुल्चोकवाट विश्वव्यापी प्रिमियर भएको छ। नेपालभाषा एकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाको प्रमुख आतिथ्यता तथा संसार्स अनलाइन टिभीका अध्यक्ष तथा महाप्रवन्धक स्वतन्त्र संसार महर्जनको सभापतित्वमा दुवै म्युजिक भिडियोको विश्वव्यापी प्रिमियर भएको हो।

“ख्वबि त्याय् कयाः‘” बोलको गीत भने अनिक शाक्यको रचनामा वरिष्ठ संगीतकार अमर राज राजोपाध्यायले संगीत गरेका हुन् । संगीत संयोजन भुपेन्द्र बज्राचार्यले गरेका छन् भने रेकर्डिष्टको भूमिकामा फिरोज बज्राचार्यलाई देखिने छन्।

गायक रबिन्द्र वीर शाक्यको स्वर रहेको गीतको म्युजिक भिडियोको छायाँकन,सम्पादन तथा कलारिंगको जिम्मा भने अमर चित्रकारले लिएका हुन् । भेष महर्जनको सह–निर्देशनमा परिकल्पना, श्रृंगार तथा निर्देशनको कार्य बलिउड देखि कलिउडसम्म संघर्षरत निर्देशक सनम कुमार घायलले गरेको छन् । भिडियोमा प्रकाश श्रेष्ठ, रितु श्रेष्ठ र ईश्वर श्रेष्ठको प्रमुख अभिनय रहेको छ। त्यस्तै, सह–कलाकारहरु प्रेम महर्जन, शोभा अवाले, मीना शाक्य, सिद्धार्थ शाक्य र धर्म शाक्य लगायतको अभिनय पनि छ।

राजेश शाक्यको सहयोगमा अर्को “वनेवा वनेवा झिपि‘।” बोलको गीत भजन भिडियोको रुपमा बनेकोछ । विद्या भुषण अज्रचार्यको रचनामा वरिष्ठ संगीतकार अमर राज राजोपाध्यायले नै संगीत गरेका हुन् । स्वर पनि गायक रबिन्द्र वीर शाक्यको रहेको छ अनि संगीत संयोजन,रेकर्डिष्टको काम फिरोज बज्राचार्यले गरेका छन् भने भिडियो सम्पादन दिगन्त शाक्यले गरेका छन् । दुवै म्युजिक भिडियोहरु संसार्स अनलाइन टिभीको आधिकारिक युट्युब च्यानलबाट विश्वव्यापी सार्वजनिक भएको छ।