काठमाडौं । बुनियाद गीतका चर्चित गीतकार डीपी दाहाल परिश्रमीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। मन परेको मायाले बोलको गीतकार परिश्रमीको गीत डिलाइटेड नेपाल युट्युब च्यानलवाट विश्वव्यापी एकसाथ सार्वजनिक भएको हो।

पछिल्लो समय चर्चामा रहेका लोकप्रिय गायक सबिन लिम्बु तथा ख्यातिप्राप्त गायिका एलिना चौहानको गीतमा युगल गायन रहेको छ। गीतको भिडियोमा गायक तथा गायिका दुवैको अभिनय रहेको छ। लाल बहादुर सुब्बाको संगीत रहेको यस गीतलाई सबिन लिम्बुले एरेन्ज गरेका छन्। ह्वाइट मिडियाको निर्माण संयोजन रहेको भिडियोको सम्पादन एवं निर्देशन शक्तिप्रज्वल घिमिरेले गरेका छन् ।

गीतकार परिश्रमीको यस गीतमा अत्यन्त मर्मस्पर्शी शब्दहरु गीतमा रहेका छन् । गीतकार परिश्रमीले बिगतमा चर्चित संगीतकार शम्भुजीत बास्कोटाको संगीतमा तिर्सना एल्बम, दिपक शर्माको संगीतमा रसिलो, लक्ष्मण शेषको संगीतमा संसार जितेर, पुरुषोतम सुबेदीको संगीतमा मायाको घरबार, मनोहर सुनामको संगीतमा मायाको क्या राम्रो आंखा, राजेश कैदीको संगीतमा म रोएको पल, लाल बहादुर सुब्बाको संगीतमा झरेको जीवन जस्ता धेरै सिर्जनाहरु बजारमा ल्याइसकेका छन्।

 

प्रकाशन मिति–२०७७ साल पुस २० गते सोमवार ।