https://www.youtube.com/watch?v=6wGW6JEg2z8

काठमाडौं। तीसको दशकदेखि निरन्तर गीत लेखनमा निरन्तरता दिदैआएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यक्तित्व बरिष्ठ गीतकार बालकृष्ण सजीवले विवाहको ५१ औं बार्षिक उत्सव मनाएका छन्। नेपालका संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सजीवले विवाहको ५१ बार्षिक उत्सव मनाएका हुन्।

काठमाडौंको ढल्को नयाँबजार स्थित सुसी ट्वीन्टी फोरमा आयोजित विवाह उत्सव समारोहमा मन्त्री श्रेष्ठको अलावा पूर्व प्रहरी प्रमुखहरु दीपक रञ्जित, रमेश खरेल लगायत डा.गोपाल महर्जन, काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष न्हूच्छेकाजी महर्जन, साधना कला केन्द्रका अध्यक्ष तथा महाप्रवन्धक मिलन मोक्तानले ५१ औं विवाह उत्सवको शुभकामना तथा सम्मान प्रदान गरेका थिए ।

विवाह उत्सवमा साउण्ड इञ्जिनियर दीप तुलाधर देखि मीना मानन्धरसम्मले गायन प्रस्तुति दिएर सवैलाई मनोरञ्ज प्रदान गरेका थिए । ५१ बर्षअघि गीतकार सजीवको सरला सजीव सुवालसंग विवाह भएको थियो । ५१ बर्ष लामो विवाह हिजोजस्तो लागेको र कहिलेपनि त्यो माया पुरानो नभएको दुवैले प्रतिक्रिया दिएका छन्।आमन्त्रित अनुपस्थित सवैको कडा आलोचना गर्नपनि गीतकार सजीव पछि परेनन्। आफू सत्यवादी तथा खरो भएको कारण सत्य लुकाउन नसक्ने कुरा पनि बताउन चुकेनन्।

https://www.youtube.com/watch?v=6wGW6JEg2z8

 

प्रकाशन मिति–२०७८ साल चैत २७ गते आइतवार ।