काठमाडौं। विश्वविख्यात नेपाली एडभेन्चर स्टार गौतम खाती सम्मानित बनेका छन्। छायाँछवि क्रियशनको आयोजनामा धुलिखेलमा आयोजित डि सिने अवार्डको १२ औं संस्करणमा एडभेन्चर स्टार खाती सम्मानित बनेका हुन्।

खातीलाई नेपाली चलचित्र तथा एडभेन्चर क्षेत्रमा विशेष योगदान दिएवापत विशेष सम्मान गरिएको आयोजक छायाँछवि क्रियशनले जनाएको छ। चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका लगायतकाको विशेष आतिथ्यतामा संपन्न डि सिने अवार्डमा कुल २७ विधामा अवार्ड प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा विशेष योगदान दिदैआएकी नेपालकै पहिलो नायिका भुवन चन्दलाई लाईफ टाइम एचिभमेन्ट अवार्डद्वारा सम्मानित गरिएको थियो । त्यस्तै अभिनेत्री झरना थापा, वरिष्ठ अभिनेता तथा पाइलट बिजय लामा, चलचित्र पत्रकार बिष्णु सुवेदी लगायतलाई विशेष सम्मानबाट सम्मानित गरिएको थियो ।

प्रकाशन मिति–२०७८ साल चैत २७ गते आइतवार ।