Rajesh Hamal 1काठमाडौ। नेपालका महानायक राजेश हमाललाई अमेरिकामा राजदूत भएर आउन अनुरोध गरिएको छ। अमेरिकामा रहेका नेपालीहरुले राजनीतिक दलका नेता तथा प्रशासकहरुको काम हेरियो, उनीहरुले मुलुकलाई अघि बढाउन सकेनन्, अव हामीलाई तपाईजस्ता कलाकार चाहिएको छ–अव तपाई अमेरिकाको लागि नेपाली राजदूत बनेर आउनु पर्यो भनेर नायक हमाललाई अनुरोध गरिएको थियो।

Rajesh Hamal USA 2

अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजित कार्यक्रममा हमाललाई उक्त अनुरोध गरिएको हो। अमेरिका भ्रमणमा रहेका नायक हमाललाई सनफ्रान्सिस्को बे–एरिया क्षेत्रका लागि पूर्वपयटन राजदूत तथा मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले नायक हमालको सम्मानमा आयोजित रात्रीभोजका क्रममा सहभागी नेपालीहरुले उक्त प्रस्ताव राखिएको हो। सवैले नायक हमाललाई अमेरिकामा नेपालको राजदूत बनेर आउन भनेपछि नायक हमालले सदासयताको लागि धन्यवाद भन्दै हेरौ भविष्यमा के हुन्छ भनेर कूटनीतिक जवाफ दिएका थिए।

नायक हमालका पिता चुडावहादुर हमाल राजदूत नै थिए। पाकिस्तानका लागि नेपालको राजदूत भएर पाकिस्तानमा कार्यरत भएको बेला हमाल पिता चुडावहादुरको निधन भएको थियो। नायक हमालले हालसम्म २ सय ३० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्।
प्रकाशन मिति–२०७३ साल साउन १५ गते शनिवार ।