काठमाडौं। पछिल्लो पुस्ताकी हट अवतारकी नायिका प्रियंका कार्की हट अवतारकै कारण बढी चर्चामा रहेकी छन्। यो हप्ता पनि नायिका कार्कीको माल्दिभ्सवाट सार्वजनिक भएको फोटोवाट अझ हट अवतारमा देखिएकी हुन।

एक बर्षअगाडि अभिनेता आयुष्मान देशराज जोशीसंग विवाह वन्धनमा बाँधिएकी नायिका कार्की आफ्नो पहिलो विवाह उत्सव र जन्म दिन मनाउन माल्दिभ्स पुगेकी थिइन । माल्दिभ्समा विवाह उत्सव र जन्मदिन मनाउने क्रममा विन्दास भएर खिचिएको फोटो उनी बसेको माल्दिभ्सकै होटलले सार्वजनिक गरिदिएपछि उनी थप चर्चामा आएकी हुन।

श्रीमान आयुष्मान देशराज जोशीसंगै माल्दिभ्स पुगेकी कार्की यो हप्ताको टक अफ टाउन नै बनेकी छन्। पछिल्लो समय लक्का जवान नामक चलचित्र पछि अरु चलचित्रमा खासै व्यस्त नबनेकी नायिका कार्की प्राय फोटोकै कारण बढी चर्चामा आउने गरेकी छन्।

यसअघि उनी ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुग्दा होस् या विभिन्न कार्यक्रमका लागि विदेश पुग्दा नै किन नहोस्, उनको पहिरनको नै चर्चा भएको थियो ।


प्रकाशन मिति–२०७७ साल फागुन २५ गते मंगलवार ।