काठमाडौं। खुराफाती हाकिमको उपनामवाट विश्वविख्यात नेपाली अभिनेता मनोज आचार्य अमेरिकावाट फर्केर नेपालमा नै कोरोनाभाइरस विरुद्धको भ्याक्सिन लगाएका छन्। ६५ बर्ष र ६५ बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई दोश्रो चरणको खोप अभियानको दोश्रो दिनमा अभिनेता आचार्यले कोरोनाभाइरस विरुद्धको भ्याक्सिन लगाएका हुन।

काठमाडौंको नयाँ बानेश्वर स्थित सिभिल अस्पतालको खोप केन्द्रमा पुगेर सोमवार अभिनेता आचार्यले भ्याक्सिन लगाएको जानकारी भिजन संसार डटकमलाई दिएका छन्। आफू ६५ बर्ष पुगिसकेको कारण सरकारले दिएको सुविधाअनुसार भ्याक्सिन लगाएको पनि खुलासा गरेका छन्।

नेपालमा लकडाउन अगाडि छोरी–ज्वाईलाई भेट्न अमेरिका पुगेका अभिनेता आचार्य नेपालमा लकडाउन भएपछि नचाहेर पनि अमेरिकामा नै अड्किनु परेको थियो। अमेरिकावाट फर्केर आएपछि नियमित कलाकारितामा अभिनेता आचार्य फर्केका छन्। आचार्यको सुपरहिट थेगो खुराफाती नामवाटै इमेज च्यानलमा टेलिश्रृंखलाको प्रसारण भैरहेको छ।

प्रकाशन मिति–२०७७ साल फागुन २४ गते सोमवार ।