काठमाडौं। प्रथम मिस नेपाललाई म्युजिक भिडियोमा नायिका वनाउने नेपाली ज्याँकी श्राफको उपनामवाट समेत नामी ख्यातिप्राप्त गायक सीताराम पोखरेल ट्रेन्ड सेटर्स अवार्डवाट सम्मानित हुने भएको छ। हङकङमा चाँडै हुन गैरहेको नेपाली म्युजिक भिडियो अवार्डको चौथो संस्करणमा नामी गायक पोखरेल सम्मानित हुन लागेको हो।

नामी गायक सीताराम पोखरेलले नेपाली म्युजिक भिडियोको इतिहासमा विगत ३० बर्षदेखि प्रत्येक बर्ष विभिन्न कोणवाट दिएको योगदानको कदर स्वरुप उक्त गरिमामय अवार्ड दिन लागेको आयोजक संगिक्षा फिल्मस् इन्टरटेन्टमेन्टले जनाएको छ। सोही कार्यक्रममा नेपालको म्युजिक भिडियोको इतिहास रच्ने मेलोडी किङ शंभुजित बाँस्कोटालाई फादर अफ म्युजिक भिडियो सम्मानवाट विशिष्ट सम्मान प्रदान गरिने पनि आयोजकले जनाएको छ।

त्यस्तैगरेर, म्युजिक भिडियो अवार्डमा विभिन्न विधाका उत्कृष्ठ पाँचको मनोनयन पनि सार्वजनिक गर्ने कार्य आयोजले गरेको छ। हङकङमा आयोजना हुने अवार्डमा कुल ४१ विधा छन्। जसमा आधुनिक, राष्ट्रिय भावनाका गीत, लोक, पप, नेपाल भाषा र डायस्पोरा विधा समावेश छन् ।
प्रकाशन मिति–२०७७ साल फागुन २४ गते सोमवार ।