–एञ्जिला बिष्ट
बसन्त ऋतु बसन्त ऋतु
हरियालीको ऋतु
बोट वृक्षले पालुवा फेर्ने ऋतु
पत्झरले हागा छोडने ऋतु ।
रङीचङी फुलहरु फुल्ने ऋतु
प्रकृतिले सुगन्धित स्वास फेर्ने ऋतु
भमराले फुलको मोह चुसेर
गन्तव्य तर्फ लाग्ने ऋतु ।
३० चराचुरुङ्गीको
सुमधुर स्वर गुन्जने ऋतु
बन्पखेरीमा ढकमक
लालीगुराँँस फुल्ने ऋतु
आकाशले घुम्टो उघारी
न्यानो घामले स्पश गर्ने ऋतु
४ बर्षाको आगमन भइ
खहरे सुसाउने ऋतु
पवनका झोकाले
मुस्कुराउने बसन्त ऋतु
जीवजन्तु फुरूङ भइ नाच्ने ऋतु ।
५ बसन्त ऋतु हरियालीको ऋतु
खेतका गरा गरामा
गौहुका बाला झुल्ने ऋतु
बसन्तले गुम्सेर कोशा पाकने ऋतु ।


प्रकाशन मिति–२०७५ साल चैत्र १५ गते शुक्रवार ।