काठमाडौं। नेपालका पूर्व सैनिक अधिकृत तथा दोश्रो संविधानसभा तथा प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार खगेश रञ्जितकार र समाजसेबी तथा साधना फेसन होमकी एमडी साधना रञ्जितकारकी मोडल तथा मेकअप आर्टिष्ट सुपुत्री सञ्जु रञ्जितकार बैबाहिक जीवनमा बाँधिएकी छन्।

मोडल तथा मेकअप आर्टिष्ट सञ्जु रञ्जितकारको होटेल अन्नपूर्णका सेफ तथा मोडल अभिलेश श्रेष्ठसंग बिबाह भएको हो। दुवैवीच यसै हप्ता भव्य रुपमा विवाह भएको हो।

आधुनिक युगकी नयाँ सोच र विचारकी सेलिब्रेटी सञ्जुले अभिलेशसंग विवाह गर्न श्रीस्वस्थानीको महिनौ दिनसम्म ब्रत लिएको जानकारी सञ्जुको पिता पूर्वसैनिक अधिकृत खगेश रञ्जितकारले भिजन संसार डटकमलाई बताएका छन्।

सञ्जु रञ्जितकार मिस नेवाःट्यालेन्ट, साधना ब्युटी होमको प्रोप्राईटर तथा मेकअप आर्टको तालिम प्रशिक्षक समेत हुन। उनी रेक्स फेशन होमको सिइओ तथा रयाम्प कोरियोग्राफर रेक्स रञ्जितकारका सहोदर दिदी पनि हुन।

विवाह उत्सवमा नेपाल सरकारका शहरी बिकास राज्य मन्त्री रामबीर मानन्धर, काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, सागितिक संघका अध्यक्ष मिलन मोक्तान, पत्रकार श्याम स्मृत, गायक भीम तुलाधर, गायक निर्णय श्रेष्ठ, गायक उदेश श्रेष्ठ, गयिका सोनी राजभण्डारी, सङीतकार रोहन शाक्य, आई आई एफ टि का एम डी तेन्जिङ शेर्पा, फ्लाईटेक ईन्टरनेशनलका एम डी नाजीर हुसेन, नेपाल राष्ट्रिय मोडलिङ संघका अध्यक्ष दिनेश शाही, मिस ग्रान्ड ईन्टरनेशनल नेपाल उरुशा जोशी, मिडीया पर्सनालिटी नारायण आचार्य,मिस्टर नेशनल रबिन तन्दुकार, मिस नेशनल नैना खडगी, काराओके आईकन असेश महर्जन तथा रुपक श्रेष्ठ लगायत अन्य मोडल अनि कराओके परिवारहरुको उपस्थिति रहेको थियो।

आफ्नी छोरीको जस्तै छोरा मोडल तथा रयाम्प कोरियोग्राफर रेक्स रञ्जितको पनि आफैले रोजेको– खोजेकोसंगै बिबाह गरिदिने कुरा पनि प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार तथा कलाकार खगेश रञ्जितकारले बताएका छन्।
प्रकाशन मिति–२०७६ साल फागुन १८ गते आइतवार ।