काठमाडौं। नेपालभाषा संगीत क्षेत्रमा पनि दिनानुदिन नयाँ प्रयोग हुन थालेको छ। त्यसमा युवा पुस्तामाझ लोकप्रिय मेटल म्युजिकमा पनि गीत तयार भएको छ। जुन गीतको वोल नै छोयला बजी रहेको छ। उक्त छोयला बजी गीतको म्युजिक भिडियोको छायाँकन पनि संपन्न भएको छ।

नेपालभाषा म्युजिक भिडियो क्षेत्रमा लोकप्रिय छायाँकार तथा भिडियो सम्पादक राजेश शाक्यको सम्पादनमा उक्त मेटल म्युजिक भिडियो छोयला बजीको तयार भएको हो। छायाँकन दिपुकुमार महर्जन, गणेश रोजर्स र सम्राट महर्जनले गरेका हुन। छोयला बजी म्युजिक भिडियोको रिलिज केही दिनमा नै हुने जानकारी छायाँकार तथा सम्पादक राजेश शाक्यले भिजन संसार डटकमलाई दिएका छन्।

छोयला बजी म्युजिक भिडियोको निर्देशन निर्गमन महर्जनले गरेका छन्। निर्देशक महर्जन बुँख्याः ब्याण्डका भोकलिष्ट पनि हुन। बुँख्याः ब्याण्ड मेटल संगीत क्षेत्रमा लोकप्रिय व्याण्ड हो। यस व्याण्डले विभिन्न स्टेज प्रोग्राम गरिसकेको जानकारी पनि निर्देशक महर्जनले दिएका छन्। यस व्याण्डमा निर्देशक महर्जनका साथमा सजिव महर्जन, अनिल महर्जन र सुवन जोशी रहेका छन्। मेटल म्युजिक भिडियो छोयला बजी यसै व्याण्डको प्रस्तुति हो।
प्रकाशन मिति–२०७७ साल भाद्र १३ गते शनिवार ।