काठमाडौ। सार्वजनिक सेवा प्रवाहमा क्षमता विकास र अभिबृद्धि संवन्धि दुई दिने अभिमुखिकरण तालिम संपन्न भएको छ। काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुलाई काठमाडौं महानगरपालिकाले काठमाडौंको पातलेबनमा तालिम प्रदान गरेको हो।

काठमाडौं महानगरपालिकाका अधिकांस जनप्रतिनिधिहरुको सहभागिता रहेको तालिम कार्यक्रमको समापन शनिवार भएको छ। समापन समारोहमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुलाई काठमाडौं महानगरपालिकाले जनतालाई दिने सेवालाई अझ चुस्त र दुरुस्त बनाउन यस क्षमता विकास तालिमले अत्यन्त सहयोग गर्ने विश्वास लिएका छन्।

यस्ता आवश्यक प्रशिक्षण नियमित रुपमा प्रदान गरिने जानकारी पनि मेयर शाक्यले दिएका छन्। हरेक राम्रो कुरालाई कपी गर्ने र नराम्रो कुरालाई परिवर्तन गर्ने विकास जनप्रतिनिधिहरुमा हुनु आवश्यक भएको जिकिर पनि मेयर शाक्यले गरेका छन्।

प्रशिक्षार्थीहरुको तर्फवाट काठमाडौं महानगरपालिका वडा नंबर ११ का वडा अध्यक्ष हीरालाल तण्डुकार र कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठले तालिम कार्यक्रमको आवश्यकता र उपलव्धीका वारेमा प्रकाश पारेका थिए। काठमाडौं महानगरपालिकाका सह–सचिव टोकराज पाण्डेले कार्यक्रम १३ घण्टाको भएको र कार्यक्रम अत्यन्त सफल भएको बताए ।

शनिवारको तालिममा भवन निर्माण मापदण्ड–२०७५ को कार्यविधि संवन्धी व्यवस्था र कार्यान्वयन, सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग तथा मुलुकी दवानी संहिता संवन्धी तालिम दिइएको थियो। तालिम अधिवक्ता टीकाराम भट्टराई, रोमकान्त पाण्डे र रविन्द्रकुमार पौड्यालले दिएका थिए।

अघिल्लो दिनको कार्यक्रममा नेतृत्व विकास र निर्णय क्षमता अभिबृद्धि लगायत जनप्रतिनिधि र कर्मचारी वीचको समन्वय विषयमा जनप्रतिनिधिहरुलाई तालिम दिइएको थियो। कार्यक्रमको संयोजन काठमाडौं महानगरपालिका मानव संशाधन विभागका शाखा अधिकृत सन्तु श्रेष्ठ र निर्देशक बखत साउदले गरेका थिए।
प्रकाशन मिति–२०७५ साल असोज २० गते शनिवार ।