काठमाडौ। एक दशक अगाडि विवाह पश्चात अमेरिका लागेकी नायिका जल शाह लामो समय पश्चात लामै छुट्टी मिलाएर नेपाल फर्केकी छन्। नेपाली चलचित्रमा एक दशक अगाडि अत्यन्त व्यस्त रहदा र नरहदा पनि मोटो र खाइलाग्दो ज्यानकी धनी ग्लेमर्स नायिका शाहले नेपाल बसाईको क्रममा चाँडै नै चलचित्रमा व्यस्त हुने संकेत दिएकी छन्।

Nepalese Actress Jal Shah with her daughtor Kalash
Nepalese Actress Jal Shah with her daughtor Kalash

महिलाको सवालमा निर्माण हुने चलचित्र अवको आफ्नो विषय हुने बताउने जल शाहको छोरी कलश पनि ८ बर्षकी भैसकेकी छन्। सन् १९८२ सालमा काठमाडौमा जन्मेकी नायिका शाहकी आमा प्रेमा शाह नेपाली साहित्य क्षेत्रमा विख्यात लेखिका हुन्। आमा नेपाली साहित्यका प्रख्यात साहित्यकार भएतापनि आमाजस्तै साहित्यकार बन्ने सोचमा खासै नदेखिएकी जल शाह कविता लेखनमा भने रुचि राख्छिन्।

शाहले सन् १९९४ सालमा अभिनय गरेको पहिलो चलचित्र श्रीस्वस्थानी हो । उनको डेव्यु चलचित्र भने सन् १९९६ सालमा निर्माण भएको प्रकाश सायमी निर्देशित चलचित्र अवतार हो। नायिका शाहका अनुसार चलचित्र अवतार खेल्दा उनी केवल १४ बर्षकी थिइन्। चलचित्र अवतारमा उनको कोस्टार राजेश हमाल रहेका छन्।

Jal Shah-Glamours Actress of Nepal
Jal Shah-Glamours Actress of Nepal

नायिका शाहका ब्लकबस्टर हिट नेपाली फिल्महरुमा अवतार, ईश्वर, पराईघर, शंकर, ठूल्दाइ, नेपाली बाबु, एक नंबरको पाखे, नाता रगतको, नेपाल प्यारो छ, बुहारी, आशीर्वाद, बादलपारि, यो मायाको संसार, जे भो राम्रो भो, राजु राजाराम लगायतका रहेका छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक ६ गते शनिवार ।