Miss Nepal Ashmi Shrestha1काठमाडौ। यो बर्षको मिस नेपाल २०१६ काठमाडौमो दरबारमार्ग स्थित होटल अन्नपूर्णमा हिडन ट्रेजरको आयोजनामा शुक्रवार संपन्न भएको छ।

मिस नेपालको २१औं संस्करणमा यो बर्ष अश्मी श्रेष्ठ मिस नेपाल–२०१६ बन्न सफल भएकी छन्। कडा प्रतिस्पर्धामा खर्रो रुपमा सफल बनेकी मिस नेपाल अश्मी श्रेष्ठलाई गत बर्षकी मिस नेपाल इभाना मानन्धरले मिस नेपालको क्राउन पहिराइ दिएकी छन्।

मिस नेपालको फस्ट रनरअपको उपाधि रोशनी खत्री र सेकेण्ड रनरअपको उपाधि बर्षा लेखीले जितेकी छन्।
प्रकाशन मिति–२०७२ साल चैत्र २६ गते शुक्रवार ।