Make-up Artist Mr. Sun Kumar Awal
Make-up Artist Mr. Sun Kumar Awal

काठमाडौ। नेपाल प्रहरीमा लामो समय कार्यरत बनेर सेवा निवृत बनेका मेकअप आर्टिष्ट सुन कुमार अवालको सक्रियतामा कुनै कमी भने आएको देखिदैन। नेपाल प्रहरीको प्रहरी अनुरोध कार्यक्रमका लागि नेपाल प्रहरीका उच्च पदस्थ प्रहरी देखि विभिन्न कलाकारहरुको मेकअप गर्ने कार्य अवालवाट भएको छ।

अवालको कार्यको प्रशंशा अझैपनि नेपाल प्रहरी हुने गरेको छ। नेपाल प्रहरीका विभिन्न कार्यक्रमहरुमा अझैपनि मेकअप आर्टिष्टको खाँचो परेको बेलामा अवाललाई नै बोलाइने गरेको छ। यतिखेर पूर्वबरिष्ठ प्रहरी अफिसर बसन्त कुँवरको लागुऔषध दुव्र्यसन संवन्धी बृतचित्र तथा टेलिफिल्मको छायाँकनको बेलामा पनि विभिन्न कलाकारहरुको मेकअप गर्ने कार्यमा अवाल तल्लिन हुने गरेको पाइएको छ।

त्यसको अलावा विभिन्न चलचित्र तथा टेलिचलचित्रका कलाकारहरुको मेकअप गर्ने कार्यमा क्रियाशील बन्दैआएका छन्। त्यसको अलावा फुर्सदको बेलामा कोटेश्वर भाटभटेनी पछाडिको अवाल खाजाघरमा पनि व्यस्त बन्ने गरेका छन्। मेकअप आर्टिष्ट बनेर कार्य गर्न थालेको तीन दशक पुग्न लागिसकेको जानकारी पनि अवालले दिएका छन्।

कतिपय कलाकारहरुको अभिनयमा रियालिटी ल्याइदिनको लागि रंगको रगत तयार नगरिकन आफ्नै औलामा सियो घोचेर रगत निकालेर उक्त बास्तविक रगत पोतेर रियालिटी ल्याउने कार्य पनि उनीवाट भएको छ। जुन कार्य उनले स्वर्गिय कलाकार सुशीला रायमाझीको एक दृश्यका क्रममा गरेका थिए। जुन कार्यको सवैले तारिफ गरेका थिए।

Sun K Awale 1प्रकाशन मिति–२०७४ साल बैशाख १८ गते सोमवार ।