काठमाडौं। रसुवा जोड्ने छोटो सडक टोखा छहरे सडकखण्डको प्राविधिक सर्भे गरिएको छ। प्रदेश सरकारबाट मर्मतको लागि विनियोजित २ करोड बजेटवाट काम शुरु गर्नको लागि उक्त सडकको प्राविधिक सर्भे भएको हो।

मर्मत गर्न अति आवश्यक देखिएको ठाउंको यकिन गर्दै आवश्यक सुझाब सहित निर्देशन दिन बागमती प्रदेशसभा सदस्य बद्री मैनाली, नेकपा शिवपुरी गाउंपालिकाका मेयर वीर बहादुर तामाङ् ,जिल्ला नुवाकोट पुर्वाधार कार्यालय प्रमुख विजयमणि बज्राचार्य सहित अन्य सरोकारवालाहरुको उपस्थितिमा उक्त प्राविधिक सर्भे सम्पन्न भएको जनाएको छ।

टोखा छहरे सडकखण्ड नुवाकोटबासीको प्रत्यक्ष जनजीवनमा प्रभाव पार्ने सडक खण्डको रुपमा लिइने गरेको छ।
प्रकाशन मिति–२०७६ साल माघ २५ गते शनिवार ।