काठमाडौं। नयाँधारकी युवा नेतृ रञ्जु दर्शना पक्राउ परेकी छन्। रञ्जु दर्शनासहित ११ जनालाई शनिवार बालुवाटार गैह्रीधारा रोडस्थित ललिता निवास परिसरवाट पक्राउ गरेको हो।

M/sRanju Darsana

ललितानिवास अगाडि ‘भ्रष्टाचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा विवेकशीलका दर्शनासहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदीप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु रहेका छन्।

११ जनालाई प्रहरीले पक्राउ गरेको विवेकशी नेपाली दलका उपाध्यक्ष अजीता राईले पुष्टि गरेकी छन्। उपाध्यक्ष राईले एक प्रेस विज्ञप्ती जारी गर्दै पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई तत्काल रिहा गर्न माग समेत गरेकी छन् ।
प्रकाशन मिति–२०७६ साल माघ २५ गते शनिवार ।