काठमाडौ। हाम्रा हैन, राम्रा स्रष्टाहरुको सदा सम्मान हुनु पर्दछ। र गरिनु पनि पर्दछ। यसै विषयलाई आत्मसात गर्दै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। जुन गीतको भिडियोको बोल नै बाजेले भन्थे रहेको छ।

यस गीतका गायक सुनिल गिरिको जन्मदिन पारेर मंगलवारवाट सार्वजनिक गरिएको छ। यो गीतको भिडियो राजकुमार महर्जनले निर्माण गरेका हुन।

‘यो मन….’ नामक एल्वममा समावेश रहेको गीतलाई अनिल के. मानन्धरले छायाँङ्न तथा निर्देशन गरेका हुन । गीतमा निराजन प्रधान र मनिष श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

प्रकाशन मिति–२०७५ साल साउन १ गते मंगलवार ।